विचार

धनजिते कोसीमा हाम फालेछ…

हिजोदेखि हराएको धनजिते घरमा आएन । किन न आओस् त पाँच दिन भइसक्यो ।रक्सीले उसलाई छोडेको छैन ।आजसम्म पनि उ मातिरहेको नै छ । घरमा श्रीमतीलाई गाली गर्‍यो । छोराछोरीलाई मन परि बोल्यो । पस्किएको भात फ्याँकेर फुत्त हिड्यो । मेरो घरमा न आइज । तँ जहाँ जान्छस् जा । मेरो र तेरो कुनै सम्बन्ध छैन । रिसको झोकमा लगाएको पोते चुत्याइ रमाले । पोते चुत्याउदा हिजो राती धनजितेले एक थाप्पड हिर्कायो।

त्यहाँदेखि हिडेको मान्छे घर फर्किएर आएन ।दिनरात झगडा गर्थ्यो ।न मातेको दिन नै हुँदैन थियो । रक्सी छुटाउन अनेक प्रयास गरि । तैपनि केहि सीप चलेन ।बिहानदेखि पिउन सुरु गरेको दिनभरि पिउन्थ्यो ।छोराछोरी रुन्थे । बाउलाई कति सम्झाए ।तरपनि धनजिते टेरेन ।जा तेरो आमालाई सम्झा ।मबाट हुने सुख तेरो आमालाई पुगेन । रक्सी न खाएको दिन मेरो लोग्ने भगवान छ भन्थी ।पहिला पहिला उनीहरुको बीच प्रेम गहिरो थियो ।दुई बिचमा प्रेम अथाह थियो । देख्ने मान्छेहरुले समेत डाह गर्थे ।जब घनजिते ऋणमा डुब्यो ।त्यहाँ देखि उनीहरुको परिवार बिर्गियो ।अनि रक्सी पिउन झगडा गर्न थाल्यो ।

आज दुई दिन भयो । धनजिते हिडेको घरबाट कुनै खबर आएको छैन ।आज बिहानै हल्ला फैलियो ।तेरो बाउले कोसीमा हाम फालेछ ।पल्लो घरकि काकी सुनाइन् । रमा र दुई छोराछोरी कोसीको किनारमा पुगे । भिडभाड थियो । कोसी एकतमामले बगिरहेको थियो । बरबर आशु झारिन । हे भगवान उफ लामो स्वास फेरिन बगिरहेको पानीतिर हेर्दै भनिन् धनजिते कोसीमा हाम फालेछ ।
अमित संग्रौला (बिर्तामोड) हाल दुबई

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box