विचित्र विश्व समाज

मुसाले बनायो पेन्टिङ, बिक्यो डेढ लाखमा

मान्छेले बनाएका पेन्टिङ लाखौंमा बिक्ने कुरा त सामान्य नै हो । तर, यहाँ त मुसाले बनाएको पेन्टिङसमेत डेढ लाख रुपैयाँ बराबरको मूल्यमा बिकेको छ ।

बेलायतमा एउटा मुसाले आफ्नो पन्जाले तयार गरेको अमूर्त पेन्टिङ झण्डै डेढ लाख रुपैयाँ बराबरको मूल्यमा बिक्री भएको छ । गुस नामक उक्त घरपालुवा मुसाले निकै सुन्दर पेन्टिङ तयार गरेको थियो ।

जेस इन्डसेठ नामकी युवतीले पालेको उक्त मुसाले रङमा पन्जा छोप्दै कागजमा सो पेन्टिङ बनाएको थियो । जेसले आफ्नो मुसालाई कलाकारिता प्रदर्शन गर्नका लागि विषाक्तरहित पेन्ट र कागजको मिनी क्यानभास दिएकी थिइन् । त्यसपछि मुसाले जुन कलाकारिता प्रदर्शन गर्यो त्यसबाट जेस तिनछक परिन् ।

गुस नामक मुसाले बनाएको उक्त पेन्टिङलाई जेसले अनलाइनमा बिक्री राखिन् । न्यूनतम २५ डलर मूल्य तोकिएको सो पेन्टिङ खरीद गर्नका लागि बेलायतमात्र होइन अस्ट्रेलिया र दक्षिण कोरियालगायतका देशबाट समेत धेरै मानिसहरुले चाहना व्यक्त गरे ।

अन्ततः उक्त पेन्टिङ १२ सय डलरमा बिक्री भयो । बेलायतको ड्रोइल्स्डेनमा बस्ने जेसले आफ्नो मुसालाई अब हरेक हप्ता पेन्टिङमा लगाउने बताएकी छन् । सन् २०१८ मा जेसले उक्त मुसा खरीद गरेकी थिइन् । उनीसँग अहिले योसँगै कूल ४ वटा मुसा छन् । — एजेन्सी

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box