शीर्ष खबर समाज स्थानीय खबर

गणतन्त्र दिवसमा झापाका १७ जना कैदीबन्दीलाई माफी

झापा, १५ जेठ । झापा कारागारका १७ जना कैदीबन्दीले माफी पाएका छन् । गणतन्त्र दिवसको अवसर पारेर सरकारले उनीहरुको बाँकी सजाय माफी मिनाहा गरेको हो ।

विभागीय नीति अनुरुप झापा कारागारले कैद माफी मिनाहाका लागि २३ जनाको नाम सिफारिस गरेको थियो । त्यसमा १५ पुरुष र दुई जना महिलाको नाम स्वीकृत भएको कारागार प्रमुख राजेन्द्र निरौलाले बताए ।

झापा कारगारमा एक हजार ५० जना पुरुष र पाँचजना आश्रित गरी ८२ जना महिला छन् । क्षमता भन्दा तीन गुणा कैदीबन्दी झापा कारागारमा राखिएका छन् ।

देशभरबाट २३३ कैदीले बाँकी कैद सजाय माफी मिनाहा पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुको बाँकी कैद सजाय माफी मिनाहा दिएकी हुन् ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर ९कैद कट्टा० नियमावली २०७६ बमोजिम उनीहरुलाई माफी मिनाहा दिइएको हो ।

नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न आठजनाले माफी पाएका छन् ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box