झापा, १५ जेठ । कोरोना भाइरस कोभिड–१९ बाट प्रदेश २ मा थप ७६ जना नयाँ संक्रमित थपिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमितहरूमा धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १२, सर्लाहीका ७, सिरहाका ६ र रौतहटका ३ जना रहेका छन्। संक्रमितहरु सबै भारतको विभिन्न स्थानहरुबाट आएका व्यक्तिहरु भएको पनि खुलेको छ । योसँगै प्रदेश दुईमा कोरोना संक्रमितको संख्या ४ सय पुगेको छ। यस बारेमा स्वास्थ्य मन्त्रालयले औपचारिक जानकारी दिन बाँकी नै छ ।
Facebook Comments
कमेन्ट गर्नुस्