शीर्ष खबर समाज स्वास्थ्य

आज एकै दिन थप १८९ जना कोरोना सनकमान पुष्टि

झापा, १७ जेठ । कोरोना भाइरस कोभिड-१९ बाट आज थप १८९ जनामा संक्रमण पुष्टि भएको छ । १८५ र ४ जना महिला । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा १२४ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा २६ जनामा संक्रमण पुष्टि भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणमा ९ जनाको रिपोर्ट पोजिटिभ आएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ८ जना, नारायणी अस्पताल बिरगंजमा गरिएको परिक्षणमा ३ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा १४ जना र कोशी अस्पताल बिराटनगरमा गरिएको परिक्षणमा २ जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ ।

यो संगै कोरोना संक्रमितको संख्या १,४०१ जना पुगेको छ । अहिलेसम्म २१९ जना निको भएर घर फर्किएका छन् । जस मध्ये १७२ जना पुरुष र ४७ जना महिला रहेका छन् ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box