समाज

इलाममा ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु

इलाम, १७ जेठ । इलाम नगरपालिका–१ साकेजुङका ३२ वर्षीय योगेस मगरको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ ।

आज दिउँसो पौने २ बजे इलाम साखेजुङ भित्री सडकखण्डमा मे १ त ४१०३ नम्बरको ट्याक्टर ढुंगा लिन जाने क्रममा बाटोदेखी अन्दाजी ३० फिट तल खस्दा ट्याक्टर चालक मगर गम्भिर घाईते भएकोमा उनलाई उपचारार्थ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सोही ट्याक्टरमा रहेका निमा शेर्पा र आकास राई घाइते भएकोमा उनिहरुको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक