समाज स्वास्थ्य

एकका लागि एक अभियानः बिर्तामोड–४ का ५० परिवारलाई राहत

बिर्तामोड, १७ जेठ । एकका लागि एक अभियान अन्तरगत आज झापाको बिर्तामोड–४ का ५० विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।

अभियानका अभियान्ता एवम् वीरता जेसीज बिर्तामोडका अध्यक्ष मिजास पोखरेलको अध्यक्षता एवम् बिर्तामोड नगरपालिका–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा राहत वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा अभियानका सहसंयोजक विनोद बस्नेतले हुने परिवारले नहुने परिवारलाई सहयोग गर्ने पवित्र उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले अभियानमा करिब २० वटा संघसंस्था र विभिन्न व्यक्तिले उल्लेख्य सहयोग गरिरहेको बताउनुभयो ।

अभियान अन्तरगत राहत, निःशुल्क खाना विरतण भइरहेको छ भने कोरोना भाइरस (कोभिड–१९) परीक्षण प्रयोगशाला (पीसीआर टेष्ट ल्याब) सञ्चालनका लागि पहल थालिएको सहसंयोजक बस्नेतले बताउनुभयो । बन्दाबन्दी बढ्दै गए पनि अभियानमा उल्लेख्य सहयोग भइरहेकाले कोही पनि भोकै हुने अवस्था नआउने र अभियानमा सबैले एकताबद्ध भएर सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

प्रमुख अतिथि वडाध्यक्ष कुलप्रसाद संग्रौलाले भोको पेटमा भोजन भर्ने अभियान सह्रानीय भएको बताउनुभयो । अभियान अन्तरगत बिर्तामोड नगरपालिका–४ का ५० विपन्न परिवारलाई यसअघि नै राहत दिएको र थप ५० परिवारलाई राहत दिएकोमा उहाँले धन्यवाद दिनुभयो ।

राहत वितरण कार्यक्रममा सहारा नेपाल साकोसका सञ्चालक समिति सदस्य एवम् अभियान्ता अर्जुन चुडालको विशेष आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा विभिन्न संघसंस्था एवम् सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक