बिर्तामोड, १७ जेठ । बिर्तामोड नगरपालिकामा गठित कोरोना संक्रमण रोकथाम तथा राहत ब्यवस्थापन कोषका लागि सनराइज बैकले ५० हजार रुपैया उपलब्ध गराएको छ ।
सो कोषमा जम्मा हुने गरी सो बैकका बिर्तामोड शाखाका प्रबन्धक लगायतको टोलीले बिहीबार ५० हजार रुपैयाको चेक नगरपालिकाकी उप प्रमुख पबित्रादेबी महतारा प्रसाईलाई हस्तान्तरण गरेको नगरपालिकाका कर्मचारी मेघराज बाँस्तोलाले बताउनु भयो ।
सो अबसरमा नगरपालिकका उपप्रमुख प्रसाई र प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिबडाले बैकले सामाजिक उत्तरदायित्व बहन गरेकोमा बिशेष धन्यबाद ब्यक्त गर्नुभएको थियो ।
हाल सो कोषमा १ करोड २५ लाख भन्दा बढी रकम जम्मा भइसकेको छ भने सो रकमबाट बिर्तामोडका करिब ८ हजार परिबारलाई दुई पटक राहत बितरण भइसकेको छ ।
कमेन्ट गर्नुस्