मोरङ, १८ जेठ । मोरङको बिराटनगर महानगरपालिका–१६ दरैयाबाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले आज बिहान ५ बजेको समयमा बिराटनगर महानगरपालिका–१४ का ४१ बर्षीय संजय यादवलाई डाईलक्स डिसी १०० एमएलको ३१ बोतल, स्पास्मोप्रोक्सिवन १४३ क्याप्सुल, नाइट्राभेट १५० चक्कीसहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका यादवको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments
कमेन्ट गर्नुस्