समाज स्थानीय खबर

आज २२६ जनामा कोरोना संक्रमण पुष्टि

झापा, १९ जेठ । कोरोना भाइरस कोभिड–१९ बाट थप २२६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नया संक्रमितहरु मध्ये २१३ जना पुरुष र १३ जना महिला रहेका छन ।

संक्रमितहरु जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परिक्षणमा २ जना, पोखरा प्रयोगशालामा गरिएको परिक्षणमा २ जना, प्रदेश अस्पताल सुर्खेतमा गरिएको परिक्षणमा ३२ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ४३ जनामा पुष्टि भएको छ।

त्यसै गरि धुलिखेल अस्पतालमा गरिएको परिक्षणमा २० जना, भेरी अस्पतालमा गरिएको परिक्षणमा ७ जना, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ९ जना, सेती अस्पताल धनगडीमा गरिएको परिक्षणमा १८ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परिक्षणमा ९२ जनामा संक्रमण पुष्टि भएको छ।

कुल कोरोना संक्रमित हुने जिल्ला ५९ पुगेको छ । यो संगै हाल सम्म संक्रमितको संख्या १,७९८ जना पुगेको छ । हाल सम्म निको भएर घर फर्किनेहरुको संख्या २२१ पुगेको छ । कोरोनाबाट ज्यान गुमाउनेको सख्या ८ छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box