समाज स्थानीय खबर स्वास्थ्य

झापाका ८० जना पत्रकारको कोरोना उपचार बीमा

बिर्तामोड, १९ जेठ । नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका सदस्य ८० जना पत्रकारको कोरोना उपचार बीमा गरिएको छ ।

महासंघले पहिलो चरणमा उपचार कोषमा आवद्ध भएका ८० जना पत्रकारको बीमा गरेको अध्यक्ष तारामणि सापकोटाले बताए । पेशागत बीमा संघ बिर्तामोड ९इन्स्युरेन्स प्रोफेसन सोसाइटी÷आइपीएस०को सहकार्यमा महासंघले पत्रकारको बीमा गरेको हो ।

आइतबार पत्रकारको बीमाका लागि पत्रकार महासंघ झापाका अध्यक्ष सापकोटा र उपाध्यक्ष एकराज गिरीले पेशागत बिमा संघ बिर्तामोडका अध्यक्ष सन्तोष उप्रेतीलाई ८० पत्रकारको विवरणसहित रकम प्रदान गरेका थिए ।

बीमा एक लाख रुपैयाँको हुने बताइएको छ । बीमा गरिएका पत्रकारमा कोरोना संक्रमण देखिए एक लाख रुपैयाँ बीमा कम्पनीले उपलब्ध गराउने छ । दोस्रो चरणमा पत्रकार महासंघका अन्य सदस्य र जिल्लामा क्रियाशील पत्रकारको समेत बीमा गरिने बताइएको छ ।

पत्रकार सहारा उपचार कोषमा हालसम्म १०१ जना सदस्य छन् भने एक जनाको मृत्यु भएको छ । केही सदस्यको स्थानीय सरकार, सञ्चार गृह र संस्थाले बीमा गराएका छन् । जनही ३००० शुल्क बुझाएपछि पत्रकार महासंघ झापाका सदस्यले पत्रकार सहारा उपचार कोषको सदस्य बन्ने प्रावधान छ ।

एक करोड रुपैयाको कोष बनाउने लक्ष्यका साथ स्थाजना गरिएको पत्रकार सहारा उपचार कोषमा हाल ४५ लाख रुपैया जम्मा भएको कोषका संयोजक तथा महासंघका उपाध्यक्ष गिरीले बताए । कोषको ब्याजबाट पत्रकारलाई उपचारमा सहयोग गरिदै आएको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box