समाज स्थानीय खबर

पर्यटकीयस्थल विराटपोखरको स्तरोन्नतिमा संसदको चासो

भद्रपुर, १९ जेठ । पौराणिक महत्व बोकेको विर्तामोड–१० स्थित पर्यटकीयस्थल विराटपोखरको स्तरोन्नतिका लागि भइरहेको कामबारे प्रदेश संसद ओमप्रकाश सरावगीले स्थलगत अनुगमन गरेका छन् ।

झापा क्षेत्र नम्बर ३ का प्रदेश सभा संसद रहेका सरावगीले पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट प्रप्त २० लाख रूपैयाँमा भइरहेको स्तरोन्नतिको कामको स्थलगत अनुगमन गरेका हुन् । पर्यटकीय क्षेत्र विकासका लागि पोखरी सरसफाई तथा घेराबाराको काम भइरहेको निर्माण समितिका अध्यक्ष छविराम आचार्यले जानकारी दिएका थिए ।

आचार्यका अनुसार पोखरी भित्र जमेको हिलो तथा झार हटाउने र १४० मिटर घेरावारा गर्ने काम अन्तिम चरणमा पुगेको छ । पोखरी विकासका लागि अन्य धेरै काम बाँकी रहेकाले बजेट अभाव भएको गुनासो समेत अध्यक्ष आचार्यको रहेको थियो । संसद सरावगीले गुरूयोजना अनुरूप पर्यटकीय आकर्षण केन्द्रका रूपमा विकास गर्न आगामी वर्ष थप बजेट प्रबन्धका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्थानीयबासीले पौराणिक महत्व बोकेको विराटपोखर क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण नहुँदा पर्यटकलाई आकर्षण गर्न नसकिएको गुनासो पोखेका छन् । अनुगमन टोलीमा नेपाली कांग्रेसका जिल्ला सदस्य विजय रिजाल, क्षेत्रीय सभापति गणेश पोखरेल, नवीन विमली लगायत सहभागी रहेको थियो ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box