समाज स्थानीय खबर

बिर्तामोड नगरपालिकालाई दुई वटा स्वाब कलेक्सन बुथ

बिर्तामोड, १९ जेठ । काठमाडौँका व्यवसायी डिन्सन बोहोराले झापाको बिर्तामोड नगरपालिकाका लागि दुई थान स्वाब कलेक्सन बुथ उपलब्ध गराएका छन् । रोटरी क्लब अफ बिर्तामोड र रोट्याक्ट क्लब अफ बिर्तामोडमार्फत बोहोराले बुथ उपलब्ध गराएका हुन् ।

उपलब्ध ती दुईवटा बुथ सोमवार बिर्तामोड नगरपालिकालाई हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ बिर्तामोडका प्रेसिडेन्ट ईलेक्ट निर्मल भट्टराई नेतृत्वको टोलीले नगरपालिका कार्यालय पुगेर उपप्रमुख पवित्रा महतरा र कार्यकारी अधिकृत पशुपति खतिवडालाई बुथ हस्तान्तरण गरेको हो ।

सामाजिक उत्तरदायित्व अन्तरगत नगरपालिकालाई बुथ उपलब्ध गराइएको रोटरी क्लब अफ बिर्तामोडका प्रेसिडेन्ट भट्टराईले बताए । ‘स्वाब संकलनमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाका लागि बुथ उपयोगी हुन्छ’, भट्टराईले भने ।

उपलब्ध ती बुथ मेची आँखा अस्पताल र कञ्चनजंघा नर्सिङ कलेजको होल्डिङ सेन्टरमा राखिने जनाइएको छ । ती होल्डिङ सेन्टरमा भारतबाट भित्रिएका नेपाली राखिएका छन् । यसअघि व्यवसायी बोहोराले झापामा सुरु भएको एकका लागि एक अभियानमा पनि पाँच सयवटा भीटिम किट सहयोग गरेका थिए ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box