समाज स्थानीय खबर

झापाको बाह्रदशीमा दुई जनालाई कोरोना

झापा, २० जेठ । झापामा कोरोना संक्रमण तीब्र हुँदै गएको छ । संक्रमितको संख्या थपिँदै गएको हो । सोमवार झापा बाह्रदशीका दुई जनामा संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण भेटिएको गाउँपालिकाका सूचना अधिकारी चेतनाथ न्यौपानेले बताए ।

संक्रमित दुबै भारतको महाराष्ट्रबाट आएका हुन् । ‘उनीहरुलाई गाउँपालिकामा छिर्नासाथ क्वारेन्टाइनमा राखेका थियौँ’, सूचना अधिकारी न्यौपानेले भने, ‘त्यसैले धेरै कन्ट्याक्ट टे«सिङ गर्नुपर्ने अवस्था छैन ।’

पशुपति माविको क्वारेन्टाइमा राखिएका उनीहरुलाई उपचारका लागि पठाउने तयारी गरिएको छ । नयाँ थपिएकासँगै झापामा संक्रमितको संख्या ११४ पुगेको छ । यसअघि शनिवार झापा घर भइ काठमाडौँमा बस्दै आएका एक जनामा संक्रमण फेला परेको थियो । शुक्रवार २८ जना संक्रमित थपिएका थिए ।

झापाको कचनकवल गाउँपालिका कोरोना भाइरसको केन्द्र बनेको छ । भारतबाट प्रवेश गरेका स्थानीयमा संक्रमण देखिएको हो । कचनकवलमा मात्रै संक्रमितको संख्या एक सय पुगेको छ । भारतबाट भित्रिने क्रम जारी रहेको र परीक्षणमा पठाइएकाहरुको रिपोर्ट आउने क्रम जारी रहेकाले त्यहाँ संक्रमित थपिने सम्भावना पनि उत्तिकै छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box