समाज स्थानीय खबर

लकडाउनमा परोपकारी काम गर्दै बुधबारे जेसीज

बुधबारे, २० जेठ । “मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो” भन्ने भनाईलाई आत्मसात गर्दै बुधबारे जेसीजले कोभिड–१९ (कोरोना भाइरस) नियन्त्रणका लागि गरिएको लकडाउनको समयमा विभिन्न परोपकारी काम गरिरहेको छ ।

हालै स्थानीय निकायको समन्वयमा बुद्धशान्ति–१ का १३ बिपन्न परिवारलाई आधा महिना पुग्ने खाद्यान्न वितरण गरिएको बुधाबारे जेसीजका अध्यक्ष जेसी नन्दकुमार याफु राईले बताउनु भयो ।

लकडाउनको समयमा बुधबारे जेसीजले बैशाख २० गते करेन्ट लागेर ज्यान गुमाएका बुद्धशान्ति १ का पदमलाल ९तारा० गड्तौलाको परिवारका लागि घर निर्माण गर्न ३२ हजार आर्थिक सहयोग गरेको छ । त्यस्तै बुद्धशान्ति १ भोटेटारकि एक सुत्केरी महिलाको परिवारको आर्थिक अवस्था नाजुक भएपछि सो परिवारलाई ७ हजार मुल्य बराबरको खाद्यान्न, पौष्टिक खानेकुरा, एक महिना सम्मलाई गाईको दुध उपलब्ध गराएको बुधबारे जेसीजका अध्यक्ष नन्दकुमार याफु राईले बताउनु भयो ।

बुधबारे जेसीजले बुद्धशान्ति गाउँपालिकामा ३१ हजार बढी आर्थिक सहयोग, स्वास्थ्यकर्मीलाई पिपिइ उपलब्ध, १८ पत्रकारलाई मास्क, सेनिटाइजर, ग्लोभ वितरण, तीन चरणमा २ दर्जन परिवारलाई आधा महिना पुग्ने खाद्यान्न वितरण, विभिन्न १० बढी स्थानमा हात धुने धारा जडान, रक्तदान लगायतका कार्यक्रम गरेको बुधबारे जेसीजका महासचिव दिपेन सिटौलाले बताउनुभयो ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box