मनोरञ्जन

अन्तरंगको दृश्यले माफी र सय करोडको लफडामा एकता कपुर

निर्मात्री एकता कपुरले निर्माण गरेको वेव सिरिज ‘एक्सएक्सएक्स अनसेन्सर्ड २’ यतिबेला विवादमा फसेको छ । यो वेव सिरिजको एक भागमा देखाइएको दृश्यले भारतीय सेनाको अपमान गरेको भन्दै निर्माण कम्पनीविरुद्ध उजुरी परेको छ ।

हिन्दुस्तान भाउ नामक संस्थाले मुम्बई प्रहरीमा उजुरी दर्ता गरेपछि एकता कपुरको नाममा अल्टिमेटम पत्र समेत पठाएको छ । जसमा, उनले माफी माग्नुपर्ने र भारत सरकारलाई एक सय करोड जरिवाना पनि तिर्नुपर्ने बताइएको छ ।

प्रशारित भाग हटाउनुपर्ने, भारतीय सेनासँग माफी माग्नुपर्ने र जरिवाना स्वरुप भारत सरकारको खातामा सय करोड दिनुपर्ने माग गरेसँगै एकता तनावमा परेकी छिन् । यदि, अल्टिमेटमलाई वेवास्ता गरेको खण्डमा सर्वोच्च अदालतमा उजुरी दिने र बालाजी फिल्मस्लाई बहिष्कार गर्ने चेतावनी समेत दिइएको छ ।

यो सिरिजमा कलाकार अदिती कोहलीले आर्मी अफिसर्सको पत्नीको भूमिका निर्वाहा गरेकी छिन् । जहाँ, आफ्ना पति ड्यूटीमा गएपछि उनले एक व्यक्तिलाई घरमा बोलाउँछिन् र पतिको यूनिफर्म लगाएर अन्तरंग दृश्य दिएको दृश्य देखाइएको छ । यो दृश्यलाई हिन्दुस्तानी भाउले भारतीय सेनाको अपमान गरेको भन्दै उजुरी दिएको हो ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box