कृषि समाज स्थानीय खबर

५५ वर्षपछि पूरा हुँदै भद्रपुर–९ का कृषकको सपना

भद्रपुर, २५ जेठ । झापा भद्रपुर नगरपालिका–९ का कृषक ५५ वर्षपछि सपना पूरा हुने भएको छ ।

यहाँका कृषकले वि.सं. २०२२ सालअघि देखेको सिँचाइ नहर निर्माणको सपना अब पूरा हुने भएको हो । ‘बाइस सालदेखि कुलो निर्माणका लागि माग गर्दै आएका थियौँ’, स्थानीय कृषक विष्णुप्रसाद शिवाकोटीले भन्नुभयो, ‘५५ वर्षपछि किसानको सपना पूरा हुने भएको छ ।’

भद्रपुर–९ (साविक चन्द्रगढी गाविस–३, ४, ५ र ९) को ४१० हेक्टर जमिनमा सिचाई पुग्ने गरी पहिलो चरणमा काम सम्पन्न भएको छ । पहिडिया कृषक कुलो जल उपभोक्ता संस्थामार्फत् रू ४९ लाख ३३ हजारको लागतमा पक्की कुलो निर्माण कार्य सम्पन्न भएको संस्थाका अध्यक्ष होमनारायण प्रधानले जानकारी दिनुभयो । ‘करिब २७ किलोमिटर लामो नहर निर्माण गर्ने योजनाका साथ काम अघि बढाइएको छ’, उहाँले भन्नुभयो, ‘यस वर्ष १६० मिटरको काम भएको छ ।’

भद्रपुर–९ का वडा अध्यक्ष रामप्रसाद दाहालले गत फागुन १९ गते निर्माण कार्य शुरु गरेर जेठ १५ गते सम्पन्न गरिएको बताउनुभयो । उहाँले नहर निर्माण पछि कृषक उत्पाहित भएको बताउनुभयो । ‘नहर बनेपछि सिँचाइ सुविधा विस्तारसँगै कृषि उपज उत्पादन बृद्धि हुने अपेक्षा गरेका छौँ’, उहाँले भन्नुभयो ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक