विचार समाज

गजल

दीपक चापागाईं
ऐ झरी तिमी न आइदेउन घरिघरि ऐसरी
उनको याद किन आउँछ मलाई सारै बेसरी ।

काला गोरा सबै राम्रा जवानीले छोई दिएपछि
पलासका फुल पनि हुँदारहेछन रस सरी ।

अधेरीमा चम्किऐका आकाशका तारा टिप भन्यौ
टिप्न सकेन भनी छोडी नजाउ मलाई त्यसरी ।

मुटुभित्र कोरिएको तिम्रो मायाको आकृतिलाई
भुल्नलाई मुटु झिकी मिल्काई दिउ अब कसरी ।

तिम्रो मूर्खताको अगाडि मेरो विद्वताको के अर्थ ?
भैगो म हारिदिउला तिम्रो नै जित भयो ल सरी ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box