विचार समाज

भेदभाव नगरौं सचेत बनौं

अमित संग्रौला
बिदेशबाट फर्केकालाई दुर्ववहार गर्ने भेदभाव गर्ने गरेको सुन्नमा आएको देखिन्छ । यो अमानवीय कार्य हो । संक्रमण जो कोहि लाई पनि हुन हुन्छ । यस्तो अवस्थामा सचेत हुन जरुरी छ । जनचेतना अभिवृद्धि गर्न आवस्यक छ ।छि छि गरेर दुर्ववहार गर्ने
गरेको पाइन्छ जसले गर्दा सामाजिक सद्भाव खलबलिने गर्दछ ।

कोभिड १९ कोरोना भाइरस जसलाई पनि हुन सक्ने भएकोले यो सरि हाल्छ भन्ने यथार्थ गलत हो तर सचेत र सुरक्षाको उपाय अपनाउन चै जरुरी छ ।गाउँ घरमा कोहि बिदेशबाट आए भने यो मानसिक हटाउन जरुरी देखिन्छ ।हामीले विदेशबाट मानिसहरु घर आए भनेर त्रसित हुनुपर्ने कारण केही छैन । तर अहिले सरकारले लागू गरेको लकडाउन र सुरक्षाका उपायहरु जोसुकै व्यक्तिले घरभित्र होस् या बाहिर लागू गर्नुपर्यो र पालना गर्न आवस्यक रहेको छ । अहिलेको सन्दर्भमा कोरोना सङ्क्रमित होस् या नहोस्, सबैले लकडाउन र व्यक्तिगत स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउनु नै सङ्क्रमणबाट बच्ने उपाय हो ।

कसैले संक्रमण शंकास्पद भएको थाहा भए । क्वारेन्टाइनमा राख्ने , लक डाउनको पालना गर्ने । छुट्टै राख्नको व्यवस्था मिलाउनु पर्छ । जसले कोरोना भाइरसको जोखिम कम हुन्छ ।
बिदेशबाट फर्केको भनेर कोरोना लिएर आयो । मानिसहरु आत्तिहाल्नु आवश्यक छैन ।यसबाट बच्नको लागी माक्स ग्लोब्स राम्रोसँग साबुनपानीले हात धुन पर्छ ।सरसफाइमा ध्यान दिन आवस्यक छ ।हामीले सुरुमै सचेत हुने हो ।हामीले लापरबाही गरेउ भने संक्रमणको जोखिम हुन्छ । बिदेशबाट धेरै युवा युवती फर्किने सोचमा छन् ।क्वारेन्टाइन राख्न संक्रमणबाट बच्नलाई सयोग गर्न जरुरी देखिन्छ ।यसतर्फ सरकारको ध्यानाकर्षण होस ।बिदेश फर्केका लाई विभिन्न कुराको व्यवस्था सेना प्रहरीलाई जिम्मा दिएको छ । तिनीहरुले रात दिन नभनी खटिरहेका छन् ।

तसर्थ हामीले सामाजिक सद्भाव खलबलिने कुनै कार्य गर्नु भएन । हामीले दुरि कायम राखेर । भिडभाडमा न जाने । शंकास्पद लागेको थाहा भए स्वास्थ चौकी जाने ।सुरक्षाका उपाय अपनाउन आवस्यक छ । यस्तो जोखिम परिस्थितिमा उनीहरु घर जान चाहिँ रहेका हुन्छन् । घर परिवारलाई भेट्ने इच्छा तिव्र हुन्छ । मानसिक तवरले पीडित भइरहेका हुन्छन् ।सद्भाव माया सहयोगको खाँचो हुन्छ । तसर्थ बिदेशबाट फर्केकालाई भेदभाव न गरौं हामी नै सचेत बनौं ।

बिर्तामोड (हाल दुबई)

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box