समाज स्थानीय खबर

झापामा बिहान ८ देखि २ बजेसम्म व्यवसाय गर्न पाइने : बालबालिका, गर्भवतिलाई हिँड्डुलमा निषेध

बिर्तामोड, २७ जेठ । लकडाउनमा संघीय र प्रदेश सरकारले निषेध गरेका व्यवसाय बाहेकका व्यवसाय सञ्चालन गर्ने निर्णय भएको छ । जिल्ला समन्वय समिति झापाको कार्यालयमा आज भएको छलफलले बिहान ८ बजेदेखि २ बजेसम्म व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको हो ।

बजार पूर्ण रुपमा खुल्न नपाउने तर सरकारले तोकेका ४३ उद्योगसँग सम्बन्धि व्यवसाय खुलाउन पाउने गरी निर्णय भएको छ । त्यसका लागि सबै वाणिज्य संघले स्थानीय तहसँग समन्वय गरेर सहमतिमा मात्रै व्यवसाय खुलाउन पाउने निर्णय भएको जिसस झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए ।

व्यवसायीले सामाजिक दुरी कायम गरी, स्वास्थ्य सुरक्षाको व्यवस्थापनसहित पसल खोल्न पाउने निर्णय भएको पोर्तेलको भनाइ छ । तत्काल वाणिज्य संघहरुले स्थानीय तहसँग समन्वय गरेर मात्रै पसल खोल्न पाउने भएपछि समय अनिश्चित भएको छ । जिसस उपप्रमुख मीना पराजुलीको संयोजकत्वमा जिल्लास्तरीय अनुगमन समिति बनाइएको छ ।

यस्तै, १२ वर्ष मुनीमा बालबालिका, गर्भवति महिला , दीर्घरोगी र ज्येष्ठ नागरिकहरुलाई बाहिर हिँड्डुलमा निषेध गर्ने निर्णय भएको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक