विचार शीर्ष खबर

आत्महीनता र आत्महत्या

आशिष पौडेल

सुशान्त सिंह राजपुतको आत्महत्याले हामी सबैलाई एकपटक झस्काएको छ । भारतीय कलाकारको हामी किन धेरै कुरा गर्नु भन्नुहोला, तर यो मानवसंवेदनाको महत्वपुर्ण पक्ष भएकोले बोल्नै पर्छ । सुशान्तको आत्महत्याको कारणमा बलिउड उद्योगमा व्याप्त परिवारवाद र कर्पोरेट राजनिति भएको धेरैको टिप्पणी छ । ‍उद्योगमा बाहिरकालाई आउन नदिने, आएकालाई पनि मनोबल गिराउने र खेदो गर्ने, कला भए पनि नभएपनि स्थापित कलाकारका छोराछोरीलाई मात्र मौका दिने, उनीहरुका फिल्मलाई मात्र प्रोत्साहन गर्ने, अवार्ड सोहरूमा पनि राम्रोलाई भन्दा पनि हाम्रोलाई पुरस्कार दिने आदि चलखेल भैरहन्छ । आईफा अवार्ड 2019 सेरमोनीमा प्रायः सबै पुरस्कार गल्ली ब्योयलाई दिनु र छिचोरे जत्स्तो राम्रो फिल्मलाई एक पुरस्कार पनि नदिनु ज्वलन्त उदाहरण हो । सो अवार्ड सो को आयोजक Prime Video थियो भने Gully Boy को मुख्य लगानीकर्ता पनि Prime Video नै थियो ।

सुशान्तको फिल्महरु प्रदर्शनमा आउन नदिने, नयां फिल्म साईन गर्न नदिने, उसलाई एक्ल्याउने प्रयासहरु भएको चर्चामा सुनिन्छ । यसबाटै विरक्त्तिएर सुशान्तले आत्महत्या गरेको धेरैको तर्क छ ।

तर वास्तविकता के हो भने जस्तोसुकै परिस्थिति आएपनि कुनै पनि स्वस्थ मानिसले आफैले आफैलाई मार्न सक्तैन । सुशान्तमा एक मनोविकार थियो – आत्महीनता को । यसैको सिकार भएर उनले आत्महत्या गरेका हुन । उनी ६ महिना देखि डिप्रेसनका सिकार थिए । उनलाई न फिल्मका अवसरहरु कम थिए न पैसा कै अभाव थियो । अभाव थियो त बस आफ्नो विकारसंग लड्ने मनोबलको । जसमा आत्महीनता हुन्छ, उसलाई आत्महत्या गर्न कुनै कारण चाहिदैंन, कारण ऊ आफैले जन्माउंछ । म सानो छु, म गरिब छु, म कमजोर छु, म कुरुप छु, म प्रतिभाहीन छु, मेरा कोहि साथी छैनन्, मलाई कसैले वास्ता गर्दैन, मेरा कोहि छैनन् यस्तो सोच राख्दछ आत्महीनता भएको व्यक्तिले । र यो बढ्दै जादा डिप्रेसन बढ्दै जान्छ र मान्छेले आत्महत्या गर्छ ।

मैले चिनेको १ जना भाईले अत्महत्या गरेका थिए, कुनै कारण थिएन आत्महत्या गर्ने, सोसाईट नोटमा मानसिक विचलता बाहेक कुनै कारण लेखेका थिएनन् । सुन्दर, तीक्ष्ण बुद्धि भएका र राम्रो क्रिकेट खेल्ने ती भाइलाई विचलता गर्ने कुनै कारण थिएन, तर मनोरोग थियो । र त्यसैले यसको ज्यान लियो ।

नेपालका यम बुद्धले किन सोसाईड गरे होलान? जतिसुकै तनाव भएपनि मानिसले आफैले आफैलाई मार्न सक्तैन, तनाव झेल्न नसकेर सोसाईड गर्यो भन्नु होला तर होईन, आत्महत्या गर्ने मनोरोगले हो । त्यसैले कसैलाई त्यस्तो मनोविकार छ भने, वा आफ्ना आफन्त,साथीभाई, ईष्टमित्रमा त्यस्तो लक्षण देखिन्छ भने मनोचिकित्सकसंग सल्लाह गर्नुपर्छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box