कृषि स्थानीय खबर

भद्रपुर–९ नं. वडामा बाख्रा निःशुल्क वितरण

गंगा बराल
भद्रपुर, ६ असार ।
विपन्न परिवारको जीवनस्तर उकास्ने उद्देश्यले झापाको भद्रपुर नगररपालिका वडा नं ९ मा विपन्न १० परिवारलाई निःशुल्क रुपमा बाख्राको पाठा वितरण गरिएको छ ।

गरिबी निवारणका लागि बाख्राको पाठा साटासाट कार्यक्रमअन्तर्गत एक संक्षिप्त कार्यक्रमका बीच प्रति परिवार दुईवठा पाठी र सामुहिक रुपमा एउटा बोयर जातको बीउ बोका वितरण गरिएको वडा सदस्य नूतन पौडेलले जानकारी दिए ।

सामाजिक दूरी कायम राखी कार्यवाहक वडाध्यक्ष रामप्रसाद दाहालको अध्यक्षतामा आयोजित कार्यक्रमका बीच नगरउपप्रमुख चन्द्रा श्रेष्ठ, पशुसेवा शाखा प्रमुख रोहितकुमार कार्कीलगायतले पाठा हस्तान्तरण गरेका थिए । यो साटासाट कार्यक्रम हो । एक वर्षपछि बाख्रा अर्को विपन्न परिवारलाई हस्तान्तरण गर्नुपर्दछ ।

वडा कार्यालयले पाठा खरिदका लागि एक लाख र उन्नत जातको बोका खरिदका लागि एक लाख गरी २ लाख रुपैयाँ खर्च गरेको सदस्य पौडेलले बताए । कार्यक्रमको सञ्चालन वडा सचिव अरुणा भट्टराईले गरेकी थिइन् ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक