विचार समाज साहित्य

मेरो लडाई मसंगै छ

रोचक जोशी
सूर्यसंगै उठ्छु म दिनभरि
कर्म बोकी हिँड्दैछु
चन्द्रमाको शीतलतामा
भबिष्य बारे सोच्दैछु,
किनकी मेरो लडाई मसंगै छ

हिँड्दैछु ,लड्दैछु, खसी
फेरि उठ्दैछु
साहस बटुल्दै, चोट सही
एक्लै आज म अघि बड्दैछु,
किनकी मेरो लड़ाई मसंगै छ

समाजले सधैँ पछि पार्छ,
त्यसैले अगाडी बड्नुछ
भाग्यरेखा कोर्नुछ,
आफ्नै पहिचान बनाउनुछ,
किनकी मेरो लड़ाई मसंगै छ

उसले गर्यो, म कहिले गर्ने ?
फुर्सद छैन अरुको हेर्ने
आफ्नो बाटो आफै खन्ने, कालोपत्रे आफैँ गर्ने
चिल्लो गाडी आफै किन्ने,
किनकी मेरो लड़ाई मसंगै छ्र

आफ़नो स्टेडियम आफ़ै बनाउने
क्रिकेट बल आफैँ समाउने
एमपायर नी आफैँ बनाई
चौका–छक्का आफैँ ठोक्ने,
किनकी मेरो लड़ाई मसंगै छ

त्यसैले मेरो लडाई मसंगै छ
यो कविता हैन यथार्थ हो… ।

धनगढी, कैलाली

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box