अर्थ शीर्ष खबर स्थानीय खबर

‘बिर्तामोडको बजेट सहरी सौन्दर्यता बढाउने र उत्पादन बृद्धि गर्ने मुख्य आधार’

बिर्तामोड, १० असार । बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले स्थानीय तहलाई सक्षम र जिम्मेवार बनाइ सहभागितामूलक प्रक्रियाबाट नतिजामूलक ढंगले नगरबासीहरुको सहभागिता अभिवृद्धि गर्दै उपलब्ध श्रोत साधनको अधिकतम् परिचालन गरी योजना तर्जुमाबाट सहरको सौन्दर्यता बढाउने र ग्रामीण क्षेत्रको उत्पादनलाई बृद्धि गर्दै लैजाने दुरदृष्टिलाई मुख्य आधारको रुपमा लिइएको बताउनुभयो ।

आजदेखि शुरु भएको पाँचौ नगरसभामा नगरप्रमुख शिवाकोटीले त्यस्तो बताउनुभएको हो । ‘आगामी आ.व. ०७७÷७८ को नीति तथा कार्यक्रम संघीय सरकार तथा प्रदेश सरकारको नीति तथा कार्यक्रम, पञ्चवर्षीय योजना, संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्य प्राप्ति तथा कोभिड–१९ को संवेदनशील योजना तथा विगतको नीति, कार्यक्रम समेतलाई आधार लिई प्रस्तुत गरिएको छ’, उहाँले भन्नुभयो ।

नगरपालिकाले आगामी आवमा शिक्षाको विकासका लागि “बालमैत्री, पूर्ण सरसफाई एवम् प्रविधिमैत्री सिकाइको सिर्जना आचरणयुक्त तथा जीवनोपयोगी शिक्षाको परिकल्पना” नारालाई आत्मसात गर्दै विभिन्न १४ वटा बुँदामा योजना अघि सारेको छ । त्यस्तै, कृषि क्षेत्रको विकासका लागि “कृषकको समृद्धिः व्यवसायिकरण र आधुनिक प्रविधि” नारालाई अघि सार्दै विभिन्न ९ वटा बुँदामा योजना अघि सारिएको छ ।

‘समृद्धिको आधार स्वस्थ नागरिक नै जिम्मेवार’ भन्ने मूल नारालाई आत्मसात गरी स्वास्थ्य क्षेत्रको विकासका लागि १८ वटा बुँदामा योजना अघि सारिएको छ । जसमा नगरभित्रका सरकारी तथा नीजि स्वास्थ्य संस्थाहरु सहज ढंगले सञ्चालन गर्ने उचित वातावरण बनाई सुरक्षा र सम्बद्र्धन गरी संस्थाहरुको स्तरोन्नती गरिँदै बिर्तामोड नगरपालिकालाई हेल्थ हवको रुपमा विकास गर्ने आगामी नीति तथा कार्यक्रममा उल्लेख छ ।

सूचना तथा सञ्चार क्षेत्रको प्रवर्धनका लागि नगरपालिकाले बिना भेदभाव समानुपातिक र सन्तुलित रुपमा सञ्चार क्षेत्रको प्रवद्र्धन र विकास गर्न चालु आवबाट प्रारम्भ गरिएका सबै कार्यक्रमहरुलाई निरन्तरता दिने भएको छ । नगरबाट प्रकाशन, प्रशारण हुने पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनहरुको विकास र प्रवर्धनका लागि बार्षिकरुपमा लोककल्याणकारी बिज्ञापन वापत अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिइएको हो ।

उद्योग, वाणिज्यको विकास एवम् विस्तारका लागि बिर्तामोड क्षेत्रलाई व्यापारिक केन्द्रको रुपमा विकास गर्न, व्यवसायमैत्री वातावरण निर्माण गरी सो क्षेत्रको विकासका लागि अल्पकालिन तथा दिर्घकालिन योजना तयार गरिने भएको छ ।

नगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि नीति नै बनाएर पर्यटन क्षेत्रको प्रवर्धन र विकासका लागि यस नगरमा रहेका ऐतिहासिक पोखरीहरुको संरक्षणको नीतिलाई निरन्तरता दिने, नगर क्षेत्र भित्र रहेका सामुदायिक वनहरु (सामुदायिक वन चारपाने, सुन्दर निचाझोडा गरामनी, हरियाली सामुदायिक वन, बुट्टावारी) लगायतका सिमसार क्षेत्र र ऐतिहासिक पोखरीहरु (विराटपोखर पोखरी, बाह«दशी पोखरी, सर्दु पोखरी, मदु पोखरी, तेलगानी पोखरी, बाह«दशी रोजी पोखरी) को संरक्षण र सम्बद्र्धन गरी पर्यटकीय स्थलको रुपमा विकास गर्दै लग्ने भएको छ ।

सहकारी क्षेत्रको विकासका लागि नगरपालिकाले बिर्तामोड नगरपालिका र बिर्तामोड नगर क्षेत्र भित्रका सहकारीहरु समेतको संयुक्त योगदानमा युवा स्वरोजगार कोष स्थापना गरी वैदेशिक रोजगारबाट फर्केका तथा नगर भित्रका वेरोजगार युवाहरुलाई आवश्यक ऋण, अनुदान, प्रविधि तथा क्षमता विकासका कार्यक्रमहरु मार्फत उद्यमी बनाउने योजना अघि सारेका छ ।

नगरबासीमा न्यायको पहुँच स्थापित गर्न न्यायीक समितिको कार्यविधी अनुसार हरेक वडामा रहेका मेलमिलाप केन्द्रहरुलाई सक्रिय बनाउन आवश्यक प्रबन्ध मिलाएर न्यायको प्रत्याभूति दिलाउने र वडा मेलमिलाप केन्द्रका सदस्यहरुलाई कार्यचापको आधारमा उचित प्रोत्साहन दिने योजना ल्याइएको छ ।

पारदर्शिता, सुशासनः भ्रष्टाचार मुक्त प्रशासनका लागि नगरपालिकाका खरिद प्रकृयालाई पारदर्शी र प्रतिस्पर्धी बनाई भ्रष्टाचार शून्य सहनशीलताको मूलमन्त्रलाई अंगिकार गरी नगरपालिकाकालाई बढी जनमुखी, सेवामुखी, जनउत्तरदायी, पारदर्शी तथा सुशासनयुक्त रुपमा सञ्चालन गर्नका लागि प्रतिबद्ध रहने जनाएको छ ।

नगरपालिकाबाट दिइने सबै खाले सेवा सुबिधालाई डिजिटलाइज्ड र अनलाइन मार्फत गर्ने प्रवन्ध मिलाइने भएको छ ।

पशुपंक्षी क्षेत्रको विकासका लागि ‘उपभोक्ताको हित संरक्षण, स्वास्थ्य पशुजन्य उत्पादन र बितरण’ भन्ने नारा अघि सारिएको छ । पशु विकासतर्फ बजेट तथा कार्यक्रमलाई सन्तुलित रुपमा कार्यान्वयनमा ल्याउनका लागि बिर्तामोड नगरपालिका क्षेत्र भित्रका साना कृषक तथा ब्यवसायीहरुलाई लक्षित गर्दे यस बर्षको पशु विकास नीति प्रस्तुत गरिएको छ । ब्रोइलर कुखुराको मासुमा नगर आत्मनिर्भर भइसकेको, माछा र लोकल कुखुराको मासुमा आत्मनिर्भर उन्मुख भएको र खसी तथा राँगाको मासु माग भन्दा धेरै न्यून उत्पादन भइरहेको अवस्थालाई मध्यनजर गर्दे यो नीति तथा कार्यक्रमको तर्जुमा गरिएको छ । यसैगरी दुध उत्पादनमा आत्मनिर्भर रहेको अवस्थामा हाल दुध उत्पादन घट्ने क्रममा रहेको हुँदा दुध उत्पादन बृद्धि गर्ने नीति अगाडि सारिएको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box