शीर्ष खबर समाज स्थानीय खबर

मेचीनगर बजेट ल्याउन असफल

बिर्तामोड, १० असार । झापाको मेचीनगर नगरपालिका समयमा बजेट ल्याउन असफल भएको छ ।

सबै स्थानीय तहले असार १० गतेभित्रमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि नगरसभा बस्न नसकेपछि मेचीनगर नगरपालिका बजेट ल्याउन असफल बनेको हो ।

गाउँघरमै सिंहदरबारको अधिकार पुर्याउनुपर्ने योजना अनुसार नीति तथा कार्यक्रमहरु तय गरिए पनि नगरप्रमुखले अधिकारलाई नगरपालिकामै केन्द्रीय गर्न खोजेपछि नगरसभा हुन नसकेको मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य एवम् नेकपा संसदीय दलका उपनेता टीकाराम मंग्रातीले बताउनुभयो ।

‘जनस्तर र जनमुखी नीति तथा कार्यक्रम बनाउन खोज्दा नगरप्रमुखले मान्नु भएन’, उहाँले भन्नुभयो, ‘नगरप्रमुखकै अडानका कारण नगरसभा बस्न सकेन, बजेट ल्याउन नगर असफल भयो ।’ स्रोत बाँडफाँडमा समेत कुरा नमिलेपछि नगरसभा बस्न नसेको हो ।

मेचीनगरको कार्यपालिकामा नगरप्रमुख बिमलकुमार आचार्यसहित आठ जना कार्यपालिका सदस्य नेपाली कांग्रेसका छन् भने उपप्रमुख मिना पोखरेलसहित १७ जना नेकपाका छन् ।

नगरसभा बस्न नसकेको विषयमा बुझ्न नगरप्रमुख आचार्यको मोबाइल नम्बर ९८५२६६२२१३ मा सम्पर्क गर्न खोज्दा फोन उठेन ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box