विचार शीर्ष खबर समाज

कविता : अवसर नगुमाउ

दीपक चापागाईं
तिम्रो अभिमानको चरम उत्कसलाई देखेर
दन्ते कथाका बादसाहहरू मात्र हैन
संसार जित्ने उद्देश्यका साथ हिँड्ने
साहसी नेपोलियान बोर्नापाटदेखि
मानव नरशंहार मच्चाएर आफूलाई
शक्तिशाली र बहादुरी स्थापित गर्ने
हिटलर, बिन लादेन, रूजबेट हुँदै
नेपाल ऐकीकरण गर्ने राष्ट्र निर्माता
पृथ्वीनारायण शाह, भक्ति थापा
कोतपर्व मच्चाउने जङ्गबहादुर
सबै–सबै मुस्कुराई रहेछन्
तिम्रो दैनिक जीवनलाई देखेर ।

संसार आफ्नो कब्जामा भन्ने
प्राचीन बादशाहहरू पनि
तास खेलका खेलैना मात्र हैन ?
हरूवा जुवाडेहरूले च्यात्दै
तल्लो स्तरका गालीका सिकार छन् ।
इतिहासमा कोरिएका अनुहारहरू
कुनै ऐक निश्चित समयपछि
गल्लीमा मिल्काइएका ढुङ्गा
भित्तामा झुन्डिएको तस्विर
सडकमा बनाइएका शालिक
बच्चाले खेलाउने खेलौना
शोकेसमा सजाउने सामग्रीमा
सीमित हुनु परिरहेको अवस्था छ ।

आफूलाई मै हुँ भन्ने महापुरूषहरू
शालिकमा ङिच्च पर्दै घाम पानीमा
घुलो धुवाँ र अनेकै चित्कार सुन्दै
बर्षै कठाङ्गिएर बसिरहँदा
अहिलेका शासकहरूले
मन नलागी नलागी पनि
यो लोकलाई देखाउनका निम्ति
आफूलाई आदर्शवादी बनाउन
वर्षमा ऐक पटक विषाधिले विषाक्त
फुल र प्लास्टिकका मालाहरू
आफ्ना घाँटीमा पहिरहँदा
अभिमान र घमण्डले उम्लिएका
वर्तमानका ज्युदा लाशहरू देखेर
मुस्कुराउदै कठै बरा भनिरहेछन् ।

कुनै एक निश्चित बिन्दुमा पुगेपछि
हरेक कुराको गिर्दो अवस्थालाई
विज्ञानले न ज्ञानले न तिम्रो अभिमानले
रोकेर रोक्न कसैले कदापि सक्दैन ।
त्यसैले त्यो तिम्रो अभिमान छाडेर
तिमी जुन धरातलबाट आएका थियौं
त्यसैलाई आत्मसात गरेर
दिन दुखीमा करूणा राखेर
प्रेम र सद्भावलाई कायम राख्दै
संसार भर उज्यालो बनाउन
चेतनाको ज्योति फिजाई देउ
त्यो घमण्ड र अभिमान अन्त्य गर्ने
तिम्रो निम्ति अन्तिम अवसर हुनेछ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक