कृषि स्थानीय खबर

अर्जुनधाराका कृषि समूहलाई अनुदानमा सामग्री

तस्वीर झापाको अर्जुनधारा नगरपालिकाले यहाँका कृषकलाई प्रदान गरेको कृषि उपकरणको हो ।

अर्जुनधारा, १४ असार । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगतको कृषि ज्ञान केन्द्र झापाले अर्जुनधारा नगरपालिकामा रहेका तीन वटा समूहलाई ५० प्रतिशत अनुदानमा सामाग्री हस्तान्तरण गरेको छ ।

नगरमा धान पकेट क्षेत्र, मकै पकेट क्षेत्र र तरकारी पकेट क्षेत्रका समुहलाई आइतवार विभिन्न वडाका समुहलाई अनुदानमा सामाग्री हस्तान्तरण गरेको हो । धान पकेट दोस्रो बर्ष विकास कार्यक्रम अन्र्तगतको जुकेखाडी पकेट विकास सञ्चालक समिति अर्जुनधारा–३ लाई ५ लाख ८३ हजार ६ सय ५० रुपैयाँ अनुदान वापतको सामाग्री दिएको छ , जसमा समिति तथा ज्ञान केन्द्रको जम्मा ११ लाख ६७ हजार ३ सय रुपैयाँ रहेको छ ।

हात्ति किल्ला कृषक समुह अर्जुनधारा ८ झापालाई ३ लाख ५२ हजार ३ सय १२ रुपैयाँ वरावरको सामाग्री तथा समितिसहितको जम्मा ७ लाख ८४ हजार ६ सय २५ रुपैयाँ सामाग्री उपलब्ध गराएको छ ।

त्यसैगरी अर्जुनधारा सृर्जनशिल तरकारी ब्लक सञ्चालन समिति अर्जुनधारा ११ लाई २४ लाख ९३ हजार ८ सय रुपैयाँ वरावरको सामाग्री सहित ४९ लाख ८७ हजार ६ सय रुपैयाँको आधुनिक कृषि औजार, धानको विउ, अर्गानिक मललगायतका सामाग्री हस्तान्तरण गरेको कृषि ज्ञान केन्द्र झापाका अधिकृत निलकमल सिंहले जानकारी दिए ।

नगर प्रमुख हरिकुमार रानाले प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा ८ का अध्यक्ष गोपी गौतम, वडा नं ३ का अध्यक्ष जीवनकुमार भण्डारी, वडा नं ११ का अध्यक्ष भैरव खड्कालगायतको उपस्थिति थियो ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक