समाज स्थानीय खबर

झापाको कमल गाउँपालिकाबाट ब्राउनसुगरसहित युवा पक्राउ

बिर्तामोड, १५ असार । झापाको गौरादह नगरपालिका–४ डोरामारीका ३४ वर्षीय सुमन भण्डारीलाई प्रहरीले लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

विशेष सुराकका आधारमा लागुऔषध ब्युरो काकँडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई पक्राउ गरेको हो । कमल गाउँपालिका–५ लवडाँडास्थित राजमार्गमा मे ५ प ७५९८ नम्बरको मोटरसाइकलमा सवार उनलाई चेकजाँच गर्ने क्रममा ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

प्रहरीले उनको साथबाट २ ग्राम ९५ मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । पक्राउ परेका भण्डारीलाई इलाका प्रहरी कार्यालय दमकमा राखी कानुनी कारबाही अगाडि बढाइएको कार्यालयले जनाएको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box