समाज स्थानीय खबर

धान दिवसमा सत्यलक्ष्मीको सामूहिक धान रोपाइँ

भद्रपुर, १५ असार । राष्ट्रिय धान दिवस २०७७ को अवसर पारेर भद्रपुर–१० स्थित सत्यलक्ष्मी कृषि सहकारी संस्थाले सामूहिक धान रोपाइँ गरेको छ ।

‘धान उत्पादनमा लागौं, खाद्यन्नमा आत्मनिर्भर बनौं’ नाराका साथ भद्रपुर–१० विपि टोलस्थित राधाकृण अधिकारीको खेतमा सामूहिक धान रोपाइँ गरिएको हो । सहकारीका उपाध्यक्ष दीपबहादुर राउतले औचित्यमाथि प्रकाश पारेको कार्यक्रम अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षता एवम् बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

सामूहिक धान रोपाँइ कार्यक्रममा भद्रपुर–१० का अध्यक्ष टेकबहादुर खड्का काजी, साना किसान सहकारीकी अध्यक्ष देवीमाया अधिकारी, हनुमान टोल विकासका अध्यक्ष खड्गबहादुर बुढाथोकी लगायतले शुभकामना मन्तव्य राख्दै जमिन बाँझो छोड्ने परम्परा सधैँका लागि अन्त्य हुनुपर्ने धारणा राखेका थिए ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box