समाज

इलाम र उदयपुरमा खोलामा डुबेर दुई जनाको मृत्यु

झापा, १६ असार । इलाम र उदयपुरका २ स्थानमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ ।

इलामको देउमाई नगरपालिका–५ का २५ वर्षीय हरिप्रसाद चापागाई देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । सोमबार दिउँसोदेखि हराइरहेका चापागाईं आज बिहान साँढे ८ बजे उक्त खोलामा डुबेर मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय मंगलवारेबाट प्रहरी टोली खटि गई अनुसन्धान तथा कानूनी प्रकृया भइरहेको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी, उदयपुरको त्रियुगा नगरपालिका–१३ का ३८ वर्षीय सन्तोष भुजेलको बरुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

आज दिउँसो सवा २ बजे बरुवा खोलामा पौडी खेलिरहेको अवस्थामा अचानक डुबेर मृत्यु भएको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई अनुसन्धान तथा कानूनी प्रकृया भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box