विचार समाज साहित्य

गजल : हड्डीका लागि

पुर्ण थापा (काजी)
सहरदेखि गाउँसम्म कोरोना संक्रमित बढिरहेका थिए ।
सलहका बथान तराई सकेर पहाड चढिरहेका थिए ।। १

लिम्पियाधुरा, कालापानी र तराईमा सिमाना मिचिदा ।
धर्तीपुत्रहरु जंगेपिलर बनेर ठाँउठाउँमा ठडिरहेका थिए ।।२

को पहाडी, को मधेसी, हाम्रो नेपाल, हामी सबै नेपाली ।
पार्टीभन्दा देश ठुलो भन्दै एकढिक्का खडिरहेका थिए ।।३

नेपाली इतिहासमा पहिलोपल्ट अभुतपुर्ब राष्टिय एकता ।
चिप्लन्छ्न भनेकाहरु राष्टियताको पक्षमा अडिरहेका थिए ।।४

लाजसर्म नभएपछि, बुद्धि र विवेकलाई खोपामा राखेर।
उ पर एक हुल कुकुरहरू हड्डीका लागि लडिरहेका थिए ।।५

भानु -४ ,तनहुँ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box