विचार

डिप्रेशन र आत्मा हत्यासँग प्रत्यक्ष भेट

बिपषा खरेल
मेरो जीवनका भोगाईहरु धरै छन् । यो १७ १८ बर्षकी केटीको के भोगाई भन्नुहुन्छ होला तर यो भोगाई एउटा गरिब घरकी चेलिको हो जसले आफ्नो घरको अवस्था देखेर नै आफ्ना धेरै रहर , सपनाहरु दबाउन सिकि । आफ्नो घर परिवारलाई नै आफ्नो हिम्मत बनाएको थिए तर त्यो धेर रहन सकेन । पैशामै खुशी खाज्दै आमा बिदेश पलायन भइन् र उतै विवहा गरिन । श्रीमतीको बिछोडबाट जिर्ण बनेका मेरा बुबा अब झन छोरा छोरीको जिम्मेवारी र पढाई खर्चबाट बिथोलिए । त्यतिबेला दादा ११ र मा र म ०८ मा पढ्थियौ । खर्च धान्न गाह्रो भएको कारणले र छोरीको आवश्क्ता बुबुमात्र बसेर पुरा हुन सक्दैन भनेर मा फुपूकोमा र दादा काका काकीकोमा बस्न थालौँ ।

भनिन्छ नि आफ्नो घर जस्तो कहिँ कतै हुदैँन भनेर त्यस्तै हुन थालेको थियो मलाई पनि । फूपूले असाध्धै माया गरेर राखे पनि सानो सानो कुरामा चित्त दुख्ने गर्दथ्यो । सानो सानो कुरामा आफ्नो केहिँ नभएर यहाँ बस्न आएको भन्ने महसुस हुन्थो ।यतिका दिनसम्म मेरो मनमा आत्मा हत्याको एक पटक मात्र नभएर पटक पटक सोच आउने गर्थो तर मेरो दादा , बुबा र बुढि भएको हजुरआमाको जीवनमा आफ्नो मृत्यूको बोज राख्ने हिम्मत गर्न सक्दिन थिए । यहिँ कारणले मैले एकपटक घर छोडेर जाने निर्णय गरे । जेसुकै होस ् फर्केर आउँदिन भन्ने सोच राखेर साथिकोमा गए तर हिडेँको २ दिन पछि खबर पाए , बुबाको अवस्था एकदम खराब भएको छ भनेर र फर्केर अबदेखि कहिले यसरी दुख नदिने वाचा गरे ।

तिन जनाको ज्यान हामी फेरी तिनतिरै बस्न थाल्याँै । आफ्नो नि दिन आउँलाभनेर सँगै बस्ने सपना बुनिरहेको थिए म । आफनो भविस्य कस्तो हाला , कसो गर्दा राम्रो हुन्छ भनेर भविस्यमा रमाउने म बर्तमानमा नि रमाउन थालेको थिए । एउटा नयाँ व्यक्तिसँगको भेटले । माया भन्नेको अर्थनै थाहा नभई मायाँमा भसेको अनुभव हुन थालेको थिए । आफ्नो स्कुल सुरु हुने बेलामा उसको कलेज छुट्टी हुन्थ्यो । उ एउटा कक्षा नपढि निस्किने गर्थाे र म अलिक छिट्ै गएर भेट्ने गर्थाै । राती सम्म म्यासेजमा कुरा गर्ने , एक अर्काको मनका कुराहरु साटासाट गर्ने गर्थौ र यो करिब तिन बर्ष चल्यो । मलाई उसको र उसलाई मेरो बारेमा सबै थाहा थियो । पारिवारिक घटना पनि उस्तै । मेरो बुबाले रक्सि पिउनु हुन्थ्यो र उसको आमाले । मेरो आमाले बुबाको यहिँ रक्सि पिउने बानीले नै बुबा छोडेको भन्ने गर्नु भएको थियो भने उसको आमाको बानीले बुबा आमा छुट्टिने सिलसिलामा हुनु हुन्थ्यो । म सम्झाउथिए सधैँ टेनसन नलिनु भनेर तर एकरात मसँग पनि केहि मनमोटावका कारण कुरा हुन सकेको थिएन र घरमा पनि आमा बुबाको विवाद चर्किए पछि आमा घर छोडेर हिड्नु भएछ ।

हाम्रो बारेमा घरमा सबैलाई थाहा थियो । मेरो ठूली फुपू र उनीहरु छिमेकि पनि थिए । म आछ्यानमै हुदा फूपूको छोराले मसँगै बसेको अर्को फूपूलाई फोन गरेर बुइनि कहाँ छे भनेर सोध्नु भयो । त्यो दादाले मलाई धेरै पटक उँ सँग देख्नु भएको थियो । त्यहि पो सुनाइदिन लाग्नु भयो जस्तो लाग्दै थियो । फूपूले यहि छे किन भनेर फोन लाउड स्पिकरमा राख्नु भयो । दादाले त्यो भाई त रातिनै झण्डेछ भनेर सुनाउनु भयो । म झस्किए । फूपूले र बहिनिहरुले एकाएक म तिर हेरे । म जुरुक्क उठे तर केहि बोल्न सकिन् । फुपूले सोध्नु भयो अनि ? दादाले भखैर लास हेरेर आएको भन्नु भएपछि फुपूले फोन राखेर म तिर आई सम्झउन थाल्नु भयो । म भने केहि बोल्न सकिरहेको थिन । बिस्वाश लागिरहेको थिएन । मैले फूपूको फोन ताने र फेसबुकमा म्यासेज हेर्न पुगे तर त्यो भन्दा अगाडी आयो स्र्किनमा आत्माले शान्ति पाओस भनेर उसको फोटो । हतारमा म्यासेजबक्समा गई हेरे । म्यासेज छोडेको थियो । सरि मेरो साथ यतिनै भनेर ।

मलाई बिश्वासनै लागिरहेको थिएन ।सम्झउने बुझाउने कोहि नभएको कारणले उसले आत्मा हत्या गरेछ । झुण्डेर । म एकछिन एकोरिएर म्यासेज हेरिरहे र बहिरको कोठा गई भक्कानिएर रुन थाले । सबैजनाले सम्भाल्दै मलाई भित्र ल्याए । मलाई म किन राई रहेछु भन्ने लाग्यो । मैले त्यो कुरा हुनै सक्दैन भनेर उसको घर जने कुरा गरे तर मेरा घरमा अर्को खबर आएछ । मर्नु भन्दा अगाडी उसले म …को कारणले मरेको होइन भनेर लेखेको थियो र प्रहरीले को हो यो भनेर सोधि खोजि नि गरेको थियो रे , यहिँ कारणले म पुगे पछि अर्को झमेला हुन्नसक्छ अनि फेरी त्यहाँ मलाई कसले सम्भाल्ने भनेर फूपूले जान नदिने भन्नु भयो तर मेरो दादाले जान अनुमति दियो । म यो सबकुरा अर्को कोठाबाट सुनिरहेको थिए । मसँगै मेरा बहिनीहरु र साथिहरु गए । घर भन्दा अगाडी कलेजमा गएर उसको साथिहरुसँग बुझ्ने कोसिश गर्यौ तर उनिहरु मलाई देख्ने बित्तिकै टाडिए । बोलाइको पनि नसुने झै गरे । हामी उसको घर जादैथियौँ । घर पुग्नु भन्दा अगाडीको चोकमा उसका केहि गाउँका साथिहरु रहेछन् । के अनुमानमा हो कोनि उनिहरुले हामीभएको अटो रोकेर तपाईँहरुमा ….को हो भने पछि मैले केहि नबोलि हात अलिक माथि उठाए । उसले मलाई हेर्दै के गर्नु नहुने भईहाल्यो , आफूलाई सम्भाल्न आग्रह गर्यो । मैले केहि बोल्न सकिन । उसको घरमा पुग्यौँ र सुन्नमा आयो शव पोष्टमार्टमको लागि लगेको छ भनेर । झट्ट देखे उसको बुबा । सबैजना रुदै थिएभने उसका बुबा टाउकोमा हात लाएर निहुर्एका थिए । रुन पनि सकेका थिएन । एउटै छारो , २० बर्षको उमेरमा यस्तो घट्टना हुदाको पिढा सायद हामीकसैले बझ्न सक्दैनौ । म केहि नबोलि उनको छेउमा गएर बसे । केहिबेरमा नजिकैको आर्याघाटमा गयौँ सबैजना र उसको शवनि ल्याइयो । शव गाडीबाट बाहिर निकाल्दा एकपटक सबैजना रुए । पिपलको ठूलो रुख मुनि राखियो । म उठे र उसको शव अगाडी उभिएर उसलाई निहारिरहे । म करिब १० मिनेट सम्म उभिएर हेरे पछि उसकै पर्ने दिदिले अलिक पर लगेर आफूलाई सम्भाल्न अनुरोध गर्नु भयो । म त्याहाँबाट पनि उसकै बुबालाई हेर्न भ्याइरहेकि थिए । म के सम्भाल्नु । मैले त म यो मान्छेलाई मायाँ गर्छु भनेर आफैले सोचेको मान्छे गुमाएको छु भने उसका बुबाले त एउटा सन्तान गुमाएका छन् । सन्तानको बियोग खेपिरहेका छन् । आमाको अत्तोपते छैन् आजसम्म पनि ।

भन्निछ मलामि गएपिछि एक चोटा दाउरा भए पनि चितामा लागाई दिनु पर्छ रे । सबैजना क्रमसा त्यहिँ कार्य गर्दै थिए । मलाई भने त्यासम्म पुग्ने हिम्मतनै आएन । म परैबाट हेरिबसे । जल्दैगर्दा उसको दायाँपट्टिको हात बाहिर आएको थियो । त्यो हात डढेर खुम्चिदै थियो । हेर्दा हेर्दै सानो बच्चाको जस्तो बनेको थियो । कति बेला उ , उ बाट शव र शवबाट खरानी भएको पत्तै भएन ।
सबैजना एकएक गर्दै घर फर्किदै थिए , मलाई भने त्याहाबाट उठ्न मन थिएन । बहिनिहरुले घर जौँ अबभन्दा पनि म नसुने झै गरिरहेको थिए तर उसकै घरपरिवारले नै अब घर जाउँ , या बसेर केहि हुदैँन भनेपछि म उठे । त्यहाँ हुदा भन्दा घर आएपछि मलाई साह्रै गारो भयो । उसँग बिताएका पल, उसका कुराहरु , उसको शव , उसको बुबाको अनुहार मेरो आखाँ अगाडी आईरहेको थियो ।
मलाई निन्द्रा लाग्न छोडिसकेको थियो र यो एक दुई दिनको कुरा होईन , महिनौँ भईसकेको थियो । गीत सुनेर बस्थिए । मलाई आफू मरेको ख्यालहरु आउने गर्थ्यो । माथी पंखा तिर हेर्दा आफू नै झुन्डिएको देख्थे कहिले एक्कासि छठमाथीको पिर्लरमा आफू झुन्डिएको सम्झिन्थिए । मरेपछि मानिसको आत्मा भडकिन्छ र आफ्नो मान्छेको नजिकै आउँछ भन्ने सुनेको थिए मैले । मलाइ आत्मा नै आए नि म सोधथिए आखिर किन यत्रो चोट दिएर गयौं भनेर । म उस्लाई एक्कै चोटि भेट्दा के गर्छु होला भनेर कल्पेर बस्थिए । यसरी दिन कट्दै गए पछि मैले आफ्नो वरिपरि उस्कै शव त कहिले आफ्नै शव देख्न थलेको थिए । आफुलाइ मर्दा कस्तो हुन्छ जस्तो हुन्थियो । मैले हतसिएर कुनै कदम चाल्नु भन्दा यसबरे सोछे । मलाई के भइरहेछ भनेर । मैले कसैलाई सुनाइन् र आफै बुझ्न जुटे । मैले डिप्रेसनको बरेमा भिडियो हेरे र आफुसङ भएका घटनाहरु मिलाए । मिल्दो जुल्दो सन्केत पाए। त्यसदिन देखि मैले आफै सोच्न थाले म सङ उमा जस्तो हिम्मत छैन । उस्को बुवाको ठाउमा मेरा बुवाको अनुवार जुदाए । अह म सक्दिन । म मेरा बुवालाइ त्यो पिडा दिन सक्दिन भनेर मैले धेरै मोटिभेसन भिडियो हेर्न थाले । आफुलाइ यस्बाट निकाल्न म बिहनै उठेर हिन्न थले । सबैसँग बोल्न हास्न थाले पछि मलाई बिस्तारै त्यो सब ख्यालहरु आउन छोड्यो । आफ्नो परिवारको महत्व बुझ्दै गए ।

आज मलाई ती पुराना दिनहरु सम्झिन मन्न लाग्दैन किनकि मैले बुझिसके अतीत भनेको अतीत नै हुदो रहेछ । अतीत कहिले वर्तमान र भविस्य हुन सक्दैन भनेर । अतितलाइ सम्झेर आफ्नै मन खियाउदो रहेछ ।

र आज म मेरो जिन्दगीमा धेरै अघि बढी सकेको छु । मलाइ थाहा भइसकेको छ कि जस्तो भए पनि आफ्नो परिवार जस्तो कोहि हुन सक्दैन रहेछ भनेर । हैन भने त्यत्रो माया गरेको मान्छेले त्यति दुई तीन लाइन सन्देश छोडेर जान सक्दैन थियो होला ।

म यो सब कसैको साहानुभुतीको लागि लेखिरहेको छैन । न म कुनै लेखक नै हो। मैले आफ्नो जिवन मा भोगेका थोरै कुराहरु आज पानामा पस्केको छु किन कि मेरो यो सब पढ्नेहरूलाई आत्मा हत्याको सोच आयो भने कसो गर्ने भनेर ध्यान जाओस । आफ्नो परिवारको भावना बुझ्न सकुन आजकलका युवाहरुले । मलाई कसैले आत्मा हत्याको बारेमा जनचेतना फैलाउन सक्छौ भनेर भने पछि मैले लेख्दै जादा आफ्नो जिन्दगिका कुराहरुले पनि सयद केही पेरणा लिन सक्नेछ्न भनेर लेखेको हो ।

मैले परिवारको बितिथीसंगै आफ्नै मायाको जलेका चितासँगै रापिलो तापसामु उभिएर जीवनको फ्ल्यासब्याकमा पुगेको छु। रमाइला सम्झना सम्झँदै आँशु झारेको छु। माफी माग्न छुटेका गल्तीहरू सम्झँदै बलेको चिताअगाडि उभिएर मनमनै माफी मागेको छु। मलामी जानेहरू मृतकका लागि भन्दा उसले छाडेर गएका जीवितहरूलाई सान्त्वना दिन जान्छन् भनिन्छ। तर, म मृतककै लागि गएको छु।उसको आत्माको चिरशान्तिको कामना गर्न। जिउँदो हुँदा उसलाई माफ गर्ने मौका नपाएका उसका गल्तीहरूलाई माफी दिन। र, जिउँदो हुँदा माफ माग्न नसकेका मेरा गल्तीको निम्ति ऊसँग माफी माग्न।

मलाई आजकाल शवसँग डर लाग्दैन। सायद आफनै मान्छे शवमा पढिनत भएको देखेर होला । मैले उसको शव छोइन पनि किनकि मलाई त्यो अधिकार दिनु अधि नै उसले छोडेर गयो । शवले केही हानि गर्दैन भन्ने मेरो बुझाइ छ। मैले पहिलोपल्ट शव कहिले देखेँ, ठ्याक्कै याद छैन। तर, तीमध्ये डोरीमा झुन्डिएको आफनो मायाँको शवले लामो समय विचलित पारेको सम्झना छ।
अन्तत :अन्जान ब्यक्तिको दुइ दिनको माया मोह भन्दा आफ्नो परिवारको खुशीले नै मनलाई आनन्द दिन्छ ।
(लेखक रेडियो बिराटमा समाचार बाचक हुनुहुन्छ) / यो लेख काल्पनिक हो– लेखक

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box