अर्थ स्थानीय खबर

अर्जुनधाराको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

अर्जुनधारा, १९ असार । झापाको अर्जुनधारा नगरपालिकाले अगामी आर्थिक वर्ष २०७७/०७८ कालागि पेश गरेको नीति तथा कार्यक्रम सर्वसम्बत पारित भएको छ ।

नगरको पर्यटकीय स्थल सुखानी सहिद स्मृति पार्कमा बुधबार उपमेयर कमला खतिवडा आचार्यले आर्थिक बर्ष २०७७/०७८ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम नगरमा आज शुक्रबार बसेको नगरसभाको बैठकले संशोधनसहित पारित गरेको हो ।

नगरले समाजिक सुरक्षा भत्ताबाहेक ७९ करोड ६३ लाख ४१ हजार रुपैयाँ बजेट छुट्याएको छ । साथै आज बसेको नगरसभाको बैठकले स्थानीय सरकार सञ्चालन विधेयक २०४७ को परिच्छेद ९ को अधिनमा रहि आर्थिक वर्ष २०७७÷७८ का लागि अर्थ सम्बन्धिको विधयेक पनि प्रस्तुत गरेको छ ।

प्रस्तावलाई कार्यान्वन गर्नको निम्ति स्थानीय कर तथा संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यावस्था गर्ने विषयमा नगरसभाले विधयेक पेश समेत गरेको छ । यसमाथिको छलफल अगामी बस्ने नगरसभाको बेठकले गर्ने नगरपालिकाले जनाएको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक