अर्थ समाज

नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा

झापा, १९ असार । नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा छ ।

विश्व बैंकको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि भएको छ । सन् २०१९ मा नेपालीहरुको प्रतिव्यक्ति आय ९६० अमेरिकी डलर थियो । सन् २०२० को जुलाई १ सम्म नेपालीहरुको प्रतिव्यक्ति आय एक हजार ९० अमेरिकी डलर पुगेको विश्व बैंकले जनाएको छ ।

विश्व बैंकले संसारभरका देशहरुलाई उच्च, उच्चमध्यम, निम्नमध्यम र निम्न आय भएको मुलुकमा वर्गीकरण गर्दै आएको छ । नेपाललाई सन् २०३० भित्र मध्यम आय भएको देशमा उकाल्ने सरकारको लक्ष्य छ । अनलाइन खबरबाट

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box