समाज स्थानीय खबर

ब्राउनसुगरः दमकबाट दुई युवतीसहित तीन जना पक्राउ

बिर्तामोड, २० असार । झापाको दमक नगरपालिकाबाट ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति १० बजे उनीहरुलाई १७ ग्राम बाउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो भयो ।

पक्राउ पर्नेहरुमा दमक–५ मा डेरा गरी बस्दै आएका दमक–९ का ३२ वर्षीय रविन कुवर, इलाम घई भई दमक–५ मा बस्दै आएकी १९ वर्षीया मनिसा राई र ताप्लेजुङ घर भई दमक–८ बस्ने २२ वर्षीया सम्झना राई श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी दमकमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box