राजनीति स्थानीय खबर

पार्टी एकताविपरीत कुनै पनि कार्य नगर्न नेकपा मेचीनगरको अपिल

बिर्तामोड, २२ असार । पार्टी निर्देशन बिना कुनै पनि नाममा पार्टी एकता विपरीत हुने कार्य नगर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मेचीनगरले अपिल गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै नेकपा मेचीनगरले त्यस्तो अपिल गरेको हो । ‘पार्टीको चालु स्थायी कमिटीको बैठकमा पार्टीको विधि, पद्धति र परम्पराको आधारमा भइरहेको छलफलका क्रममा बैठकको निष्कर्ष आउनु अगावै विभिन्न अड्कलबाजीको आधारमा धारणा बनाउने अभिव्यक्ति दिने र विभिन्न प्रकारका गतिविधि गर्ने कुराप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, नगर अध्यक्ष माधव अर्याल र सचिव राजु पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

ऐतिहासिक पार्टी एकतालाई अक्षुण राख्दै पार्टी, क्रान्ति, वर्ग र राष्ट्रको सेवामा अविचलित रुपमा एकताबद्ध ढंगले लागि रहन अपिल समेत गरिएको छ ।

Facebook Comments

लेखकको बारेमा

सन्तोष शर्मा

शर्मा झापा अनलाइनका सम्पादक हुन् । उनीसँग राष्ट्रिय समाचार समिति (रासस) सहित विभिन्न सञ्चार संस्थामा काम गरेको अनुभव छ ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक