राजनीति स्थानीय खबर

पार्टी एकढिक्का बनाएर जानुको विकल्प नभएको भन्दै युवा संघ र अनेरास्ववियु झापाद्वारा दबाब

बिर्तामोड, २२ असार । विगत केही दिन देखि जारी नेकपाको स्थायी कमिटिको बैठकप्रति नेकपाका भातृ संङ्गठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु जिल्ला कमिटी झापाले ध्यानाकर्षण भएको जनाएका छन् ।

बैठकमा भएका गतिविधिहरुले नेकपाका कार्यकर्ता, समर्थक र शुभचिन्तकमा चिन्ता उत्पन्न भएको भन्दै उनीहरुले आज सोमबार नेकपाको जिल्ला कार्यालय बिर्तामोडमा दबाब दिएका हुन् । बिगतमा पार्टीभित्रको बहस र छलफललाई ब्ययवस्थित रुपमा संचालन गर्न नसक्दा पाटी टुट र फुटको स्थितीमा पुगेको भन्दै पाटीलाई एक ढिक्का बनाएर जानुको बिकल्प नभएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि झापाका सह–संयोजक, दधिराम रिमाल, अनेराश्ववियु जिल्ला कमिटी संयोजक अनील सुवेदी, सह–संयोजक, दुर्गा धमलाद्धरा हस्ताक्षरीत बिज्ञप्तिमा उल्लेख छ ।

पाटीको बहुप्रतिक्षित स्थायी कमिटी बैठकमा पाटी एकता आम पाटी कार्यकता , पार्टिका समर्थक एवंम शुभचिन्तक र जनसमुदायको भावना अनरुप छलफल गरी सकारात्मक निष्कर्ष निकाल्नका लागि राष्ट्रिय युवा संघ नेपाल झापा र अनेराश्ववियु जिल्ला कमिटीले नेकपाको पाटी कार्यालयमा जिल्ला सचिव मणिकुमार साम्पाङलाई ज्ञापन पत्र बुझाएको हो । पार्टी केन्द्रमा देखा परेका बर्तमान मतभेदका बिषयमा गम्भिर, सैदान्तिक र राजनीतिक छलफलबाट पार्टी भित्रका आपसी मतभेद हटाई पार्टीलाई एकताबद्ध तबरले अगाडि बढाउनुको बिकल्प छैन, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य प्रत्युस रानाले भने, पार्टीलाई एकताबद्ध बनाई अगाडि बढ्नुको बिकल्प छैन ।

Facebook Comments

लेखकको बारेमा

सन्तोष शर्मा

शर्मा झापा अनलाइनका सम्पादक हुन् । उनीसँग राष्ट्रिय समाचार समिति (रासस) सहित विभिन्न सञ्चार संस्थामा काम गरेको अनुभव छ ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक