राजनीति समाज स्थानीय खबर

गिरिजाप्रसाद कोइराला संघीय गणतन्त्रका लागि अविस्मरणीय

भद्रपुर, २४ असार । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका पहिलो राष्ट्र प्रमुख तथा पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्म जयन्तिको अवसर पारेर झापाको विर्तामोडमा वर्तमान राजनीतिक अवस्था बारे प्रवचन कार्यक्रम सम्पनन गरिएको छ ।

जि पि फाउण्डेसन झापाको आयोजनामा वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा विकृत बन्दै गएको नेपाली राजनीतिक अवस्था बारे बक्ताहरूले चर्चा गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका पूर्व सभापति समेत रहेका गिरिजाप्रसाद कोइरालाको नेपाली समाज परिवर्तनका लागि रहेको योगदानको चर्चा गर्दै क्रान्तिका चरणमा सहयोद्धा रहेका पुराना काँग्रेस नेता पूर्णानन्द शर्माले राणाकालदेखि निरङ्कुश राजतन्त्रसम्मको अधिनायकवाद अन्त्यका लागि कोइरालाले पुर्याएको साहसपूर्ण योगदान अविस्मरणीय रहेको चर्चा गरे ।

शर्माले कोइरालाको व्यक्तित्व अन्तराष्ट्रिय जगतमा समेत उच्च रहनुको कारण निडरता र जनचाहना अनुसारको राजनैतिक व्यवस्था परिवर्तनको नेतृत्व गर्ने कौशलता भएको बताउँदै वर्तमान सरकारको नेतृत्वले बोली अनुसार काम गर्न नसक्दा देश र जनता निरास हुने अवस्था आएको बताए ।

फउण्डेशन झापाका सभापति बुद्धिराज न्यौपानेको अध्यक्षता तथा नेपाली काँग्रेस झापाका सभापति उद्धव थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस झापाका प्रवक्ता लोकराज ढकाल, सचिव प्रेम सम्वाहाम्फे, क्षेत्रीय सभापति खगेन्द्र मैनाली, महिला संघ झापाकी सभापति शुशीला ढकाल, प्रेस युनियन झापाकी सभापति इन्दु पूर्वेली लगायतले धारणा राख्दै शान्ति र सद्भावको माध्यमबाट संघीयता सहितको लोकतान्त्रिक गणतन्त्र स्थापनामा स्वर्गीय कोइरालाले पुर्याएको योगदान अविस्मरणीय रहेको चर्चा गरे ।

Facebook Comments

लेखकको बारेमा

सन्तोष शर्मा

शर्मा झापा अनलाइनका सम्पादक हुन् । उनीसँग राष्ट्रिय समाचार समिति (रासस) सहित विभिन्न सञ्चार संस्थामा काम गरेको अनुभव छ ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box