शीर्ष खबर समाज स्थानीय खबर

पीसीआर ल्याबका लागि हाम्रो नेपाल, पब्लिक र सिम्रिक साकोसको तीन लाख दुई हजार सहयोग

बिर्तामोड, २५ असार । झापामा जनस्तरबाट पीसीआर ल्याब स्थापनाका लागि झापाका तीन सहकारी संस्थाले आज तीन लाख दुई हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका छन् ।

बिर्तामोडको अतिथि सदनमा आयोजित कार्यक्रममा हाम्रो नेपाल साकोसले एक लाख एक हजार, पब्लिक साकोसले एक लाख एक हजार र सिम्रिक साकोसले एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् । जिल्ला सहकारी संघ झापामार्फत् उनीहरुले सो रकम प्रदान गरेका हुन् ।

एकका लागि एक अभियान अन्तरगत जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना र सञ्चालन हुने निश्चित भएसँगै विभिन्न संघसंस्थाले सहयोग दिने क्रम जारी रहेको छ ।

हाम्रो नेपालको तर्फबाट अध्यक्ष भवानी दंगाल, सिम्रिकको तर्फबाट अध्यक्ष कमल बस्नेत र सचिव सुवास भट्टराई तथा पब्लिकको तर्फबाट अध्यक्ष प्रमिला गौतमले अभियानका सहसंयोजक विनोद बस्नेतलाई चेक हस्तान्तरण गर्नुभयो ।

संघका झापा अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव भवानी दंगालले स्वागत गर्नुभएको थियो भने अभियानका सहसंयोजक विनोद बस्नेतले कार्यक्रमको औचित्य र अभियानको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । नेफ्स्कुनका केन्द्रीय सदस्य घनश्याम अधिकारीले शुभकामना व्यक्त गर्नुभएको कार्यक्रमको सहजीकरण पत्रकार एकराज गिरीले गर्नुभएको थियो ।

सोही कार्यक्रममा नेपाल अलैँची व्यवसायी महासंघले ल्याबका लागि २५ हजार रुपैयाँ प्रदान गरेको छ । महासंघका महासचिव सुवास भट्टराईले अभियानलाई नगद हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा अभियानका सदस्यहरु यज्ञराज ओली, कुमार भट्टराई, ओमकृष्ण बिमली, हरि शर्मा, मिजास पोखरेल, सञ्जीव घिमिरेलगायतको उपस्थिति रहेको थियो । अभियानको कोषमा हालसम्म एक करोड रुपैयाँ जम्मा भइसकेको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box