बिर्तामोड, २७ असार । केही दिनदेखिको निरन्तरको वर्षाले झापामा कटान, बाढी र विस्थापित हुन थालेका छन् ।
कनकाई नदीमा आएको बाढी शिवसताक्षी–१० को सुकुम्बासी बस्तीमा तीन घर विस्थापित भएको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । कनकाई नदीले तीव्र रुपमा जमिन कटान गरिरहेको छ । त्यस्तै, मेचीनगर–७ मा निन्दाखोलाले मलामी घर कटान गरिरहेको छ ।
निरन्तरको वर्षाका कारण झापाको मेची नदी, टाङ्टिङ, रतुवा, बिरिङ, कमल, बनियानी लगायतका खोला तथा नदीमा पानीको बहाब बढेको छ । बहाव बढेसँगै बाढी र कटानको जोखिम समेत बढ्दै गएको छ ।
Facebook Comments
कमेन्ट गर्नुस्