झापा अनलाइन
बिर्तामोड, २८ असार । तीन दिनदेखिको निरन्तरको वर्षाका कारण झापा आज थप २१ परिवार विस्थापित भएका छन् ।
नेपाल–भारत सीमा झापा गाउँपालिका–१ सालमारामा कनकाई नदीको बाढी बस्तीमा पस्दा सात र वडा नं. ६ मदरगाछका १४ परिवार पूर्ण रुपमा विस्थाति भएको नेपाल रेडक्रस सोसाइटी झापाका आपतकालीन कार्य सञ्चालन केन्द्रका फोकल पर्सन हरिशरण खड्काले जानकारी दिन्ुभयो । विस्थापित परिवारलाई सुरक्षित स्थानमा पु¥याएर व्यवस्थापनको काम भइरहेको उहाँले बताउनुभयो ।
त्यस्तै, गौरीगञ्ज गाउँपालिका–१ स्थित होक्लाबारीमा कनकाई नदीको बाढी बस्तीमा पसेको छ । बाढी बस्तीमा पस्दा २५÷३० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । बाढी प्रभावितको उद्धारका लागि इलाका प्रहरी कार्यालय झिलझिले, प्रहरी चाकै कुञ्जिबारी र प्रदेश नं. १ को विपद व्यवस्थापन गुल्म खटाइएको उहाँले बताउनुभयो ।
त्यस्तै, अविरल वर्षाका कारण मेचीनगर–७ स्थित पालिया खोलाको पानी घरमा पसेपछि नौ परिवारलाई सोही स्थानको प्यारीभिट्टा बसपार्कको भवनमा राखिएको प्रनाउ थापाले बताउनुभयो ।
यस्तै, जिल्लाका बाढीको जोखिममा रहेका १४ पालिकाका सयौँ घर डुबानमा पर्नुका साथै जलमग्न भएका छन् । शिवसताक्षी–५ मा कनकाई नदीले जमिन कटान गरिरहेको छ ।
कनकाई नदीमा आएको बाढीका कारण शनिबार शिवताक्षीका–१० का नौ परिवार र गौरीगञ्ज–१ का तीन परिवार पूर्ण रुपमा विस्थाति भएका थिए । विरिङ खोलाले बगाएर झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको मृत्यु भएको थियो भने भद्रपुर नगरपालिका–३ स्थित मेची खोलामा आएको बाढीले बगाउँदा ३३ वर्षीय हिरण राई बेपत्ता भएका छन् । प्रहरीले बेपत्ताको खोजी कार्य जारी रहेको जनाएको छ ।
कमेन्ट गर्नुस्