बिर्तामोड, ३० असार । जिल्लाका विभिन्न स्थानमा बाढीबाट विस्थापित भएकाहरु घर फर्कन थालेका छन् । आज बाढीका कारण विस्थापित भएका १०५ परिवार घर फर्केको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।
झापा गापा–७ स्थित मदरगाछका १४ परिवार, झापा गापा–१ मिलनबस्तीका ८१ परिवार र गौरीगञ्ज–१ हाकलबाढीका ११ परिवारमध्ये १० परिवार आआफ्नो घर पर्किसकेको उहाँले बताउनुभयो ।
सोही स्थानका एक परिवार छिमेकीकै घरमा आश्रय लिइरहेका छन् भने शिवसताक्षी–१० सुकुम्बासी बस्तीका विस्थापित नौ परिवारमध्ये पाँच परिवार अन्य छिमेकीकोमा भाडामा बस्न थालेका र चार परिवार अहिलेसम्म त्रिपालमै बसिरहको उहाँले बताउनुभयो ।
Facebook Comments
कमेन्ट गर्नुस्