समाज स्थानीय खबर

झापामा दुर्घटनाः एक जनाको मृत्यु

बिर्तामोड, ३० असार । झापाको कमल गाउँपालिका–२ स्थित मिलन चोकमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज बिहान १०ः१५ बजे मिलन चोकस्थित भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ त ६१९५ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४० प ८२३६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।

ट्याक्टरले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक मोरङको पथरी शनिश्चरे नगरपालिका–३ का ४१ वर्षीय केदारनाथ दाहाललाई उपचारका लागि लाइफ लाइन अस्पताल पठाइएकोमा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुवै सवारी साधन र ट्याक्टर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

लेखकको बारेमा

सन्तोष शर्मा

शर्मा झापा अनलाइनका सम्पादक हुन् । उनीसँग राष्ट्रिय समाचार समिति (रासस) सहित विभिन्न सञ्चार संस्थामा काम गरेको अनुभव छ ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box