बिर्तामोड, ३० असार । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत झापा क्षेत्र १ का ६६२ घरपरिवार लाभान्वित हुने भएका छन् ।
झापा क्षेत्र नं. १ का सांसद राम कार्की (पार्थ)को पहलमा उक्त कार्यक्रम अन्तरगत मेचीनगर, भद्रपुर र बुद्धशान्ति गाउँपालिकाबासी लाभान्वित हुने भएका हुन् । सहरी विकास मन्त्रालय सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत अगामी आर्थिक वर्ष २०७७–७८ मा झापा क्षेत्र नं. १ मा ती घरपरिवार लाभान्वित हुने भएको सांसद कार्कीका स्वकीय सचिव शिबु बुढाथोकीले जानकारी दिनुभयो ।
सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत मेचीनगर नगरपालिकाका २४९ घर, भद्रपर नगरपालिका वडा नं. ९, १० का २०६ घर, बुद्धशन्ति गाउँपालिका वडा नं. ४, ५, ६, ७ का २०७ घरका फुसको छाना विस्थापित गरी जस्तापाता, काठ लगायतका आवश्यक सामग्री उपलब्ध गराइने छ ।
कार्यक्रम अन्तरगत प्रतिघर रू ५० हजार बराबरको जस्तापाता प्रदान गरिने छ भने ६६२ घरका लागि रू ३ करोड ३१ लाख रुपैयाँ बजेट मन्त्रालयले विनियोजन गरेको छ ।
कमेन्ट गर्नुस्