समाज स्वास्थ्य

कोरोनाले ३ जनाको मृत्यु, थप २७४ जनामा पुष्टि

झापा, १५ साउन । नेपालमा कोरोनाभाइरसबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५२ पुगेको छ ।

यस्तै बिहीबार विभिन्न जिल्लामा गरी थप २७४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको जम्मा सङ्ख्या १९ हजार ५४७ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर २२७ जना डिस्चार्ज भएका छन् भने निको हुनेको कुल संख्या १४ हजार २४८ पुगेको छ ।

Facebook Comments

लेखकको बारेमा

सन्तोष शर्मा

शर्मा झापा अनलाइनका सम्पादक हुन् । उनीसँग राष्ट्रिय समाचार समिति (रासस) सहित विभिन्न सञ्चार संस्थामा काम गरेको अनुभव छ ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box