समाज स्थानीय खबर

झापामा ब्राउन सुगरसहित पाँच जना पक्राउ

झापा, १५ साउन । झापाको २ छुट्टाछुटै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका(४ का २८ बर्षीय संजय पोखरेल, २९ बर्षीय जिवन खत्रि दर्जी, ३० बर्षीय पंकज उप्रेती र २५ बर्षीय फियाज मुमेनलाई १२ ग्राम ८० मिलिग्राम ब्राउन सुगर सहित बुधवार दिउँसो २ बजे कन्काई नगरपालिका(४ ईलुवारीबाट पक्राउ गरेको हो ।

यसैगरी, सोही टोलीले बिर्तामोड नगरपालिका(४ घर भई अर्जुनधारा नगरपालिका(६ बस्ने २० बर्षीय निकेश राईलाई १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित बुधवार बेलुका ७ बजे निजको डेरा छेउबाट पक्राउ गरेको हो । नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका पाँचै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Facebook Comments

लेखकको बारेमा

सन्तोष शर्मा

शर्मा झापा अनलाइनका सम्पादक हुन् । उनीसँग राष्ट्रिय समाचार समिति (रासस) सहित विभिन्न सञ्चार संस्थामा काम गरेको अनुभव छ ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box