मनोरञ्जन

सञ्जय दत्तको डरलाग्दो लुक्स

एजेन्सी । ‘केजीएफ’ कन्नड फिल्म इन्डस्ट्रीका लागि माइलस्टोन साबित भएको थियो । लामो समयदेखि दर्शकहरु यो फिल्मको सिक्वेलको प्रतिक्षा गरेर बसेका छन् । कन्नड सुपरस्टार यशको अभिनय गरेको फिल्मको सिक्वेलमा बलिउड सुपरस्टार सञ्जय दत्तको पनि अभिनय छ । यसमा उनी खतरनाक भिलेनको भूमिकामा छन् । बुधवार उनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।

बुधवारबाट ६१ वर्षका भएका सञ्जयले आफ्नो जन्मदिनको अवसरमा ट्विट गरेर फिल्ममा आफूले निर्वाह गरेको अधिराको लुक्स सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘यो फिल्ममा काम गर्न पाएकोमा खुसी छु । योभन्दा राम्रो जन्मदिनको उपहार अरु हुनै सक्दैन । धन्यवाद ।’ पोस्टरमा उनको लुक्स देखेर दर्शकहरु चकित परेका छन् । उनी डरलाग्दो लुक्समा देखिएका छन् ।

दुई वर्ष अगाडि प्रदर्शनमा आएको ‘केजीएफ’ ले बक्सअफिसमा धूम मच्चाएको थियो । बक्सअफिसमा यसको टक्कर अभिनेता शाहरुख खान स्टारर फिल्म ‘जीरो’ सँग भएको थियो । यसको बावजूद पनि फिल्मले भारतमा लोभलाग्दो व्यापार गरेको थियो । प्रशान्त नीलको निर्देशन रहेको ‘केजीएफ २’ मा सञ्जय र यशका अलावा रवीना टन्डनको पनि प्रमुख भूमिका रहेको छ ।

Facebook Comments

लेखकको बारेमा

सन्तोष शर्मा

शर्मा झापा अनलाइनका सम्पादक हुन् । उनीसँग राष्ट्रिय समाचार समिति (रासस) सहित विभिन्न सञ्चार संस्थामा काम गरेको अनुभव छ ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box