अर्थ समाज

आज सुनको नयाँ रेकर्ड, प्रतितोला ९९ हजार ३०० रुपैयाँ

झापा, १६ साउन । नेपाली बजारका सुनको मूल्यले शुक्रवार नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा बिहीवारको तुलनामा रू. ३०० ले वृद्धि भएको छ । महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रू ९९ हजार ३०० मा कारोबार भइरहेको छ ।

त्यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला रू।९८ हजार ८६५ मा कारोबार भइरहेको छ । शुक्रवारको सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो । विगत एक सातादेखि सुनको मूल्य निरन्तर बढ्दै गएको छ ।

उता चाँदीको मूल्य भने प्रतितोला रू २५ घटेर रू १ हजार २०० मा कारोबार भइरहेको छ । गत बिहीवार छापावाल सुनको मूल्य प्रतितोला रू ९९ हजार रहेको थियो भने तेजावी सुनको मूल्य प्रतितोला रू ९८ हजार ५६० रहेको थियो ।

Facebook Comments

लेखकको बारेमा

सन्तोष शर्मा

शर्मा झापा अनलाइनका सम्पादक हुन् । उनीसँग राष्ट्रिय समाचार समिति (रासस) सहित विभिन्न सञ्चार संस्थामा काम गरेको अनुभव छ ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box