समाज

टापुमा फसेका एक जनाको उद्धार, गाँजा बिक्री गरेको आरोपमा दुई जना पक्राउ

मोरङ, १६ साउन । चिसाङ खोलाको बीच टापुमा फसेका मोरङको लेटाङ नगरपालिका–३ का ४५ वर्षीय सन्तोष राईलाई सकुशल उद्धार गरिएको छ ।

आज दिउँसो सवा ४ बजे चिसाङ खोलाको बीच टापुमा दाउरा टिप्न गएको अवस्थामा एक्कासी पानीको बहाब बढी टापुमै फसेको भन्ने जानकारी पाए लगत्तै खटिएको प्रहरी टोलीले अन्य सुरक्षा निकाय समेतको सहयोगमा पौने ५ बजे सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

गाँजा बिक्री बितरण गर्ने दुई जना पक्राउ
यसैबीच, मोरङको पथरी शनिश्चरे नगरपालिका–६ बाट नियन्त्रीत लागुऔषध गाँजा बिक्री बितरण गरेको आरोपमा २ जनालाई पक्राउ गरिएको छ ।

स्थानीय ३२ वर्षीय बर्ममोहन यादवले लागुऔषध गाँजा बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाका आधारमा आज दिउँसो साँढे ३ बजे इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले यादवको घरबाट १ केजी गाँजा र नगद ८ हजार १५० बरामद गरेको हो ।

त्यसैगरी, गरी सोही कार्यमा संग्लग्न पथरी शनिश्चरे नगरपालिका–४ का १८ वर्षीय दिनेश धिमाललाई समेत पक्राउ गरिएको र दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Facebook Comments

लेखकको बारेमा

सन्तोष शर्मा

शर्मा झापा अनलाइनका सम्पादक हुन् । उनीसँग राष्ट्रिय समाचार समिति (रासस) सहित विभिन्न सञ्चार संस्थामा काम गरेको अनुभव छ ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box