मनोरञ्जन

हरिवंश आचार्यको गाईजात्रा गीत सार्वजनिक

कलाकार हरिवंश आचार्यको गाईजात्रा गीत ‘तिमी केको जान्ने, तिमी केको सुन्ने, म पो जान्ने सुन्ने…’ सार्वजनिक भएको छ ।

आचार्यको शब्द, संगीत र स्वर रहेको गीतको भिडियो पनि बनेको छ । गीतमा राजनीतिक व्यङ्ग्य पस्किएको छ । नेपालको हरेक राजनीतिक दलमा ठूलो, सानो भन्ने तछाड मछाड छ त्यही यर्थाथलाई गीतमा व्यक्त गरिएको छ ।

सागरराज शर्माको निर्देशन रहेको भिडियोमा हरिवंश आचार्य, सशिकुमार खड्का, किरण तुलाधर, विकाश भट्टराई, सुश्मा कार्की, धनराम मुस्कान, अनिल जिसी ९बुलेट०, सम्राट घिमिरे, दीप शेर्पाली, सुवाश महत, शंकर बिसीलगायतको अभिनय रहेको छ । भिडियोमा हरि हुमागाईंको छायाँकन र सुशिल न्यौपानेको सम्पादन रहेको छ ।

Facebook Comments

लेखकको बारेमा

सन्तोष शर्मा

शर्मा झापा अनलाइनका सम्पादक हुन् । उनीसँग राष्ट्रिय समाचार समिति (रासस) सहित विभिन्न सञ्चार संस्थामा काम गरेको अनुभव छ ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box